स्वास्थ्य

भेरी अस्पतालको कोभिड वार्ड भरियो, घर फर्किदै कोरोना संक्रमित

गुलरिया ६ घर भएकी कमला घिमिरेलाई सोमबार राति एक्कासी स्वास प्रश्वासको समस्या देखियो। चार दिन अघि कोभिड – १९ पुष्टि भएकी घिमिरेलाई सकस भएपछि अक्सिजन सहितको शय्या सदरमुकाम गुलरियामा खोज्दा नभेटिएको उनका आफन्त बिपिन पोख्रेलले आफ्नो फेसबुक वालमा पोष्ट गरे।  

स्वास्थ्यमा जानकार पोख्रेलले अक्सिजनको लेवल कम भएको शंका गरेका थिए। अक्सिमिटर खोज्दा सदरमुकामका फार्मेसी र बर्दिया जिल्ला अस्पतालमा समेत नभएको  कुरा उनले सामाजिक संजालमा उल्लेख गरेका छन्। अक्सिजन लेवल ९० भन्दा तल भएपछि स्वास्थ्यकर्मीको भाषामा क्रिटिकल विरामीको संज्ञा दिइन्छ।

घिमिरेको स्वास्थ्य अवस्था बिग्रिएपछि बर्दिया रिफर सेन्टर मानिएको बाँकेको कोहलपुर शिक्षण अस्पताल र भेरी अस्पतालमा भर्ना लिन ठाडै अस्विकार भयो। नेपालगन्जबाट अक्सिमिटर झिकाएर अक्सिजन लेवल जाँच्दा ८० तल माापन भयो। अन्तत,गुलरियादेखि उत्तरमा पर्ने बार बर्दिया नगरपालिका आईशोलेशन सेन्टरले भर्ना लिइयो।

शय्या,औषधि र अक्सिजन अभाव यति खेर आईशोलेशन संचालन नभएका अधिकांश ठाउँका संक्रमितले भगवानको नाम जप्नु विकल्प छैन। भेरी र कोहलपुरका कोरोना अस्पतालको भरमा परेकाको अकालमा ज्यान जान सक्ने जोखिम छ। चैत दोस्रो साता देखि बर्दियामा दोस्रो लहरको चार जना कोरोना संक्रमित भेटिएका थिए। 

तीन साता वित्दा लक्षण देखिएका विरामीको एन्टिजेन्ट चेक अप गर्दा चार सय हाराहारी दोस्रो लहरका कोरोना संक्रमित भेटिएका छन्। बर्दियामा पिसिआर टेष्ट र कोरोना संक्रमितको उपचारको असम्भव प्राय छ। कोरोना एन्टिजेन्ट ८ स्थानीय तहमा २ सय दरले वितरण भएको छ। एन्टिजेन्ट जाँच पनि न्यून भएको एउटा स्थानीय तहमा २ सय उलब्धताले पुष्टि गर्छ । कोभिड अस्पताल नभएको  जिल्लाको अस्पतालमा समेत एनेथेसियाको डाक्टर उपलब्ध छैनन्।  

यहाँ कोरोना संक्रमितको संख्या २ हजार ७१ जना छन् । दोस्रो चरण कोरोना संक्रमितको ८ जनाले ज्यान गुमाईसकेका छन् ।  कुल मृतकको संख्या मंगलवार सम्म २७ जना पुगेको तथ्यांक छ। बाँके जिल्लामा भयावह स्थिति हेर्दा बर्दियाको स्थिति सामान्य नरहने आम सर्वसाधारणले अनुमान गरेका छन्। बाँके र बर्दिया आवागमन खूल्ला छ भने ८२ किलोमिटर खुला सीमाका कारण सीमावर्तीमा आवगमन रोक्न चुनौती छ।  

तर, प्रहरीले भने स्वास्थ्य मापदण्ड र सचेतनाका लागि तत्परता देखाईरहेको छ। सीमा क्षेत्रमा आवागमन पूर्ण रुपमा ठप्प भएको एसपी ईश्वर कार्कीले जानकारी दिए। बर्दिया अहिलेलाई सामान्य अवस्था देखिए पनि संक्रमितको दर बढेर भयावह हुन सक्ने चिकित्सकको अनुमान छ।

बाँकेमा ९६ जना दोस्रो चरण कोरोना संक्रमण मृत्यु भईसकेको छ। बाँकेमा पछिल्लो रेर्कडमा चेक जाँच भएको संख्या ९० प्रतिशत पोजिटभ केश पुष्टि भएको छ।  कोरोना संक्रमितको संख्या उल्लेख्य हुँदा बाहिर जिल्लाको कोरोना संक्रमित भर्ना लिन नसक्ने अवस्थामा रहेकाले भेरीको कोभिड अस्पताल र कोहलपुरको शिक्षण अस्पतालको कोभिड वार्डले संक्रमित धमाधम फर्काइरहेको तथ्य बाहिर आएको छ।  

भेरी अस्पतालका कोभिड अस्पतालमा कार्यरत डाक्टर प्रकाश थापाले सामाजिक संजालमा मृतक बाहिरिएपछि भर्ना गर्न सकिने अवस्थामा कोभिड अस्पतालमा विरामी चाप रहेको बताएका छन्। उनको अभिव्यत्तिले पनि मृतकको संख्या बढेको र भयाावह स्थिति भएको अनुमान गर्न सकिन्छ। बर्दियाका लागि भेरी र कोहलपुरमा संक्रमित उपचार नपाएर फर्किन थालेपनि अक्सिजनसहित कोभिड वार्ड जिल्ला सदरमुकाम मै संचालनमा आएको छैन। यसअघि मृत्यु वरण गरेका बर्दियाका कोरोना संक्रमित समयमा उपचार नपाएको कारण आफन्तले देखाईरहेका छन् ।  

पूर्व तयारीका लागि अक्सिजन विनाको कोभिड वार्ड तयार गरिएको प्रमुख जिल्ला अधिकारी शन्त बहादुर सुनारले बताए।‘अक्सिजन व्यबस्थापनमा जुटेका छौँ उनले भने,‘कोभिड वार्ड तयार छ तर, अक्सिजन सिलिन्डर छैन।’ उनका अनुसार मधुवन,गेरुवा, बासगढी र राजापुर ५ र ७ शैयाको कोभिड वार्डको व्यवस्थापन भएको छ। तयारी अवस्थामा राखिएका बाासगढी र मधुवनमा कार्यरत चिकित्सक कोभिड संक्रमण देखिएका कोभिड वार्ड अलपत्र परेको छ।

राजापुर–१० पखैपुरकि कोरोना संक्रमित तीन दिन पछि भेरीमा भर्ना पाएको अनुभव सुनाईन। ‘दुई साता अघि देखि कोभिड अस्पतालमा विरामीले भर्ना पाएका छैनन’उनले भनिन्,‘बर्दिया अक्सिजन नहुँदा मेरो क्रिटिकल अवस्थामा गुज्रिएर पनि बाच्न पाए,त्यतिबेला भगवानको नाम चपेर बाचेको जस्तो लाग्छ। ’

बर्दियाका मृतकले समय मै उपचार नपाउँनु समस्या टडकारो बन्दै गएको छ। कोरोना संक्रमित संख्या बढ्दै जादा पूर्व तयारीका लागि सदरमुकाम गुलरिया जिल्लाकै कोभिडको रिफरसेन्टरसँगै दक्ष जनशक्ति र अक्सिजनको जोहो गर्न पर्ने स्थानीयले माग गरेका छन्।

प्रकाशित: १५ वैशाख २०७८ ०४:२० बुधबार

कोरोना संक्रमित कोभिड अस्पतालबाट