स्वास्थ्य

अस्तव्यस्त बाँकेको कोभिड अस्पतालः बेड, औषधि र अक्सिजनविनै संक्रमितको उपचार

फाइल तस्बिर

पहिलो लहरको कोरोना संक्रमणका बेला ६० बेडको भेरी अस्पताल कोभिड वार्ड १ सय ८० र कोहलपुरको शिक्षण अस्पताल ७० बेडमा विस्तार भयो ।  

कोभिड अस्पतालमा व्यवस्थापनका लागि भेरी अस्पतालमा बाहिरबाट स्वास्थ्य कर्मी झिकाईयो । कोहलपुरले बाहिरबाट जनशक्ति ल्यायो । कोरोनाको हटस्पोट बनेको बाँके विस्तारै नियन्त्रण हुदै गयो । अस्पताल पुग्ने जो कोहिले सहज तरिकाले उपचार पाएको स्मरण गर्छन । औषधि, बेड, अक्सिजनका लागि स्थानीय तहको समन्वयमा प्रयाप्त स्रोत जुट्यो ।

सुरक्षाकर्मीले आ–आफ्नो जिम्मेवारी सफल तरिकाले भूमिका निभाए । नेपालगंज राझा स्थित नेपाली सेनाको टुकुडि फिल्डमा खटिएर काम गर्‍यो । कोभिड संक्रमण नियन्त्रणमा समन्वय र व्यवस्थापन अंग्रपंक्तिमा खटिएका तत्कालिन प्रमुख जिल्ला अधिकारी श्रय राम बहादुर कुरुम्बाङलाई सरोकारवालाले दिए ।  

सुरक्षाकर्मी सीमामा खटिए । नेपाल र भारत सीमावर्तीमा हुने आवागमनमा कडाई गरे । स्वास्थ्य मापदण्ड विना हिँडडुल गर्ने विरुद्ध सुरक्षाकर्मी कडाईका साथ प्रस्तुत भयो ।  

कोरोना संक्रमित डिस्चार्ज पछि प्लाज्मा दान गर्न अग्रसर देखिए । त्यतिबेला नरैनापुरमा कोराना संक्रमण आउट ब्रेक भयो । नेपाली सेनाको कमाण्डमा कोरोना आउट ब्रेक नैरनापुर अन्तत नियन्त्रणमा आयो ।  

दोस्रो चरणको कोरोना संक्रमित लहरको चलिरहेको अबस्थामा समन्वय र व्यबस्थापन चुस्त र दुरुस्त हुन सकेको छैन । स्थानीय तह, एनिजिओकर्मी, सुरक्षाकर्मीको दोस्रो चरणको कोराना कहरमा सक्रिय देखिएका छैनन् ।  

अस्पतालमा एम्बुलेन्सको व्यबस्थापन कमजोरी देखिएको छ । कहाँ, कसरी र कतिबेला संक्रमितको उद्वार गर्ने योजना नहुँदा एम्बुलेन्स सेवाबाट संक्रमित लाभान्वित हुन सकेका छैनन् ।  

कोभिड अस्पतालको व्यवस्थापन भद्रगोल अवस्था छ । कोभिड अस्पतालमा अक्सिजन, औषधि र बेड अभावमा अस्पतालमा बाहिर विरामी छट्पटाईरहेका छन् । कोभिड अस्पतालमा अनुगमन फितलो देखिएको छ ।  

कोभिड अस्पतालमा विरामीका लागि अत्यावश्यक वस्तु पनि जुटाउँन हम्मे हम्मे परेको छ । स्रोत र साधनको अभावमा बलजफ्ति कोरोनाका बिरामीको उपचार भईरहेको छ । कतिपय विरामीले उपचार पाएका छैनन् ।

दुई साता अघिदेखि कोरोना संक्रमितको घुँईचो लागेपनि उपचारविनै अस्पताल छटपटाउँनु पर्ने बाध्यतामा विरामी छन् । एन्टिजेन्ट चेकअपपछि पिसिआर रिपोर्टका लागि बाँकेका पिसिआर ल्याबमा जाने विरामीको उस्तै घुईचो छ । बर्दिया, कैलाली, दाङका विरामीको पिसिआर टेस्टदेखि संक्रमित भर्नाका लागि भरपर्दो भेरी अस्पतालको सेवा आफै थलिएको छ ।

नयाँ भेरियन्टसहित कोरोना भाईरस तीव्ररुपमा बढिरहेको अवस्थालाई गम्भिरतापूर्वक लिदै स्थानीय प्रशासनले बाँके जिल्लालाई सोमबार राती १२ बजेबाट निषेधाज्ञा जारी गरेको छ । कोरोना संक्रमण तीव्ररुपले बढेको नेपालगन्ज उपमहानगरपालिका कोरोना संक्रमितको संख्या उल्लेख्य छ । शुक्रवार बर्दिया जिल्ला अस्पतालमा ११ जनालाई गरिएको एन्टिजेन्ट टेन्टमा ९ जना कोरोना संक्रमित देखिए । सोमबार बर्दियामा मात्र ७६ जना कोरोना संक्रमित पुष्टि भएको छ ।  

आधा दर्जन भेरी अस्पताल उपचारको लागि पठाईएको छ । औषधि अक्सिजन र बेड अभाव छट्पटाईरहेको बर्दिया मधुवन नगरपालिकाका आफन्त कृष्ण क्षेत्रि बताए । ‘विरामी अत्यावश्यक दिन पर्ने सेवा सबै अभाव छ’उनले भने,‘जनशक्तिदेखि औषधि ,बेड, अक्सिजन र जनशक्ति सबै अभाव छ ।’ बाँकेमा बैशाख ९ देखि १५ गतेसम्म तथा कोहलपुर नगरपालिकामा बैशाख १२ गतेदेखि १९ गतेसम्मका लागि निषेधित क्षेत्र घोषणा गरिएको थियो ।  

अत्यावश्यक सेवा र सो का लागि प्रयोग हुने सवारी साधन बाहेक अन्य सबै प्रकारका सेवा–बैक तथा वित्तीय संस्था समेत, सवारी साधन, पसल ब्यवसाय, हाट बजार सञ्चालन र अत्यावश्यक काम बाहेकको हिँडडुलमा समेत निषेध गर्ने गरी आदेश जारी गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताए । चैत २६ गतेको गृह मन्त्रालयको निर्णयले प्रमुख जिल्ला अधिकारी जिम्मेवारीमा गेलाल सरुवा भएका थिए । पहिलो चरणको कोभिड महामारी बेला प्रमुख जिल्ला अधिकारी कुरुम्बाङ गृहको निर्णयले ईलाका प्रशासन कार्यालय, टिकापुर सरुवा भएको छ । 

गेलालले प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालेका दिनदेखि दिन दुई गुना रात चार गुनाका दरले कोरोना संक्रमितको संख्या बढेको छ । प्रमुख जिल्ला अधिकारी गेलालले सहयोगी हात हरुको समन्वय गर्न नसक्नु, जिल्ला वस्तु स्थितिको बारेमा अल्पज्ञान हुनुले कोभिड अस्पतालले तत्काल गर्न पर्ने सेवामा समेत अलमलमा परेको सरोकार वालाले औल्याए । छोटो समयमा बढ्दो कोरोना संक्रमण चेन तोड्नका बिभिन्न किसिमको बाधा अड्चनबीच प्रजिअ गेलालले समन्वय, व्यबस्थापन र सहकार्य अघि बढाएर मात्र कोरोना चेन तोड्न सफल हुने सरोकारवालाको भनाइ छ ।

प्रकाशित: १३ वैशाख २०७८ १३:१७ सोमबार

अस्तव्यस्त कोभिड अस्पताल