स्वास्थ्य

कोहलपुरका ७५ वर्षिय संक्रमित पुरुषको घरमै मृत्यु

बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर १४ निवासी ७५ वर्षिय पुरुषको कोरोना संक्रमणबाट घरमै मृत्यु भएको छ। पक्षघातको उपचारका लागि भारत पुगेका उनी गम्भीर बिरामी परेका थिए।

अवस्था गम्भीर भएपछि अस्पतालको सिफारिस अनुसार घरमै लैजाने सल्लाह बमोजिम नेपाल फर्केका थिए। नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा पिसिआर परिक्षण गर्दा कोरोना पोजेटिभ देखियो।

स्वास्थ्यमा सुधार हुने संकेत नदेखिएपछि परिवारले घरमा लगेको समयमा आइतबार राती १२ बजेतिर मृत्यु भएको जिल्ला कोभिड संकट ब्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीले जानकारी दिए। यो संगै जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या ६१ पुगेको छ।

प्रकाशित: ६ वैशाख २०७८ ०५:२६ सोमबार

७५ वर्षिय संक्रमित पुरुष घरमै मृत्यु