स्वास्थ्य

डाक्टर मास्केको नेतृत्वमा डेन्टल एशोसिएसन

दन्त चिकित्सकहरुको छाता संगठन नेपाल डेन्टल एशोसिएसनको अध्यक्षमा डा. सुभित मास्के निर्वाचित भएका छन्। शनिबार सम्पन्न १४ औं महाधिवेशनमा मास्के अध्यक्ष निर्वाचित भएका हुन्। मास्केले प्रतिद्‍वन्द्वी उम्मेदवार डा. कुम्भराज जोशीलाई ३२९ मतले पराजित गरेका छन्। मास्केको ६०६ मत आएको छ।  

यस्तै, उपाध्यक्षमा डा. अजयकुमार शाह निर्विरोध चयन भएका छन् भने महासचिवमा डा. गालब अधिकारी निर्वाचित भए। ५४८ मत ल्याएका अधिकारीले डा. जोन गुरुङलाई २१५ मतले पराजित गरे।

कोषाध्यक्षमा डा. निश्चल कुँवर निर्वाचित भए। उनले ४४० मत ल्याएका छन्। सह सचिवमा डा. विश्वप्रकाश ठाकुर निर्विरोध निर्वाचित भए। सदस्यहरूमा डा. अच्युत भट्ट, डा. लोकेश बर्मा र डा. खिलिशा पोखरेल निर्विरोध चयन भए। रिक्त रहेको एउटा सदस्य पदमा वार्षिक साधारणसभाबाट चयन गरिने कार्यालय सचिव खगेन्द्र भट्टराईले जानकारी दिए। 

उनका अनुसार एशोसिएसनको शाखा कार्यालयहरुमा २१ गते १० ठाउँमा निर्वाचन भइसकेको छ। नवनिर्वाचित अध्यक्ष मास्केले संस्थालाई सबैको सहकार्यमा प्रभावकारी बनाएर लाने प्रतिबद्धता जनाएका छन्।

प्रकाशित: २९ चैत्र २०७७ १४:१८ आइतबार

डेन्टल एशोसिएसन दन्त चिकित्सक छाता संगठन नेपाल डेन्टल एशोसिएसन अध्यक्षमा डा. सुभित मास्के