स्वास्थ्य

अक्सफोर्डले विकास गरेको खोप भारतमा लगाउन थाल्न सिरमले माग्यो अनुमति

फाइजरपछि सिरम इन्स्टिच्युट अफ इन्डिया (एसआइआई) ले भारतमा कोरोनाविरुद्ध खोपको आपतकालीन प्रयोगका लागि अनुमति मागेको छ।  

न्युज एजेन्सीका अनुसार सिरम कम्पनीले आइतबार ड्रग्स कन्ट्रोलर जनरल अफ इन्डिया (डिसिजिआई) मा आवेदन दिएको हो।  

इन्डियन इन्स्टिच्युट अफ मेडिकल रिसर्च (आइसिएमआर) का अनुुसार सिरम कम्पनीले अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाले विकास गरेको कोभिडसिल्ड खोप ४ करोड डोज तयार पारिसकेको छ।  

सिरमले खोपको आपतकालीन प्रयोग गर्न अनुमतिका लागि पेस गरेको आवेदनमा कोभिडसिल्ड खोप बेलायत, ब्राजिल र भारतमा गरिएको परीक्षणमा ९० प्रतिशत प्रभावकारी पाइएको उल्लेख छ। यसको कुनै साइडइफेक्ट पनि नदेखिएको कम्पनीले दाबी गरेको छ।  

भारतको सिरम कम्पनीले विश्वमै सबैभन्दा बढी खोप उत्पादन गर्ने कम्पनी हो।  

यसअघि अमेरिकी कम्पनी फाइजरले आफूले विकास गरेको कोरोनाविरुद्धको खोप भारतमा आपतकालीन प्रयोगका लागि आवेदन दिइसकेको छ। फाइजरको खोपलाई बेलायत र बहराइनमा यस्तो अनुमति प्राप्त भइसकेको छ। 

प्रकाशित: २२ मंसिर २०७७ १०:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App