स्वास्थ्य

‘स्वीकृति प्राप्त भए युरोपेली मुलुकमा यही वर्षभित्रै कोरोना खोप उपलब्ध गराउँछौं’

जर्मन बायोएनटेक औषधि निर्माता कम्पनी र यसको अमेरिकी साझेदार फाइजरले संयुक्त रूपमा बनाएको कोरोनाविरुद्धको खोप युरोपेली मुलुकमा यही वर्ष सन् २०२० भित्रै उपलब्ध हुने सम्भावना देखिएको छ।  

खोप प्रयोगका लागि अनुमति माग्दै सोमबार युरोपेली मेडिसिन एजेन्सी (इएमए) मा संयुक्त रूपमा औपचारिक निवेदन दिइएको कम्पनीले जनाएका छन्।  

स्वीकृति प्राप्त भएमा खोप युरोपेली मुलुकमा यसै वर्षको अन्त्यअघि नै  उपलब्ध गराइने कम्पनीले जानकारी दिएका छन्।

युरोपेली नियामक निकाय इएमएले निर्माता कम्पनीले पेस गरेका परीक्षणको नतिजा विश्लेषण गरी खोप प्रभावकारी ठहरिए प्रयोगका लागि अनुमति दिनेछ।  

गत नोभेम्बरमा गरिएको अन्तिम परीक्षणले खोप ९५ प्रतिशत प्रभावकारी देखिएको ती कम्पनीले दाबी गरेका थिए।  

कम्पनीले अमेरिकामा पनि खोप वितरण गर्न अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडिए)मा निवेदन दिइसकेका छन्।  

प्रकाशित: १७ मंसिर २०७७ ०७:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App