स्वास्थ्य

भारतद्वारा दुई हजार भाइल रेमडेसिभिर सहयोग

भारतले कोभिड १९ को उपचारका लागि आवश्यक पर्ने रेमडेसिभिर औषधि नेपाललाई सहयोग गरेको छ। नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले मंगलबार परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई दुई हजार भाइल रेमडेसिभिर औषधि हस्तान्तरण गरेका छन्।

रेमडेसिभिर अक्सिजन थेरापीमा रहेका मध्यमदेखि गम्भीर प्रकृतिका बिरामीहरुको उपचारमा प्रयोग गरिने प्रभावकारी औषधि हो। चिकित्सा अध्ययनका अनुसार यो औषधिको प्रयोगले बिरामीहरुको अस्पताल बसाइँ अवधि र रोगबाट निको हुने समयलाई कम गर्न उल्लेखनीय रुपमा सघाउ पु-याउने गर्छ।

कोभिड–१९ को विश्वव्यापी महामारीले निम्त्याएको चुनौती सामना गर्न भारत सरकारले नेपाललाई गरिरहेको सहयोगअन्तर्गत उक्त औषधि हस्तान्तरण गरिएको हो। यसअघि वैशाख १० गते प्यारासिटामोल, हाइड्रोक्लोरोक्विनलगायतका अत्यावश्यक औषधि, जेष्ठ ४ गते कोभिड–१९ टेष्ट कीट (आरटी–पिसिआर) र साउन २५ गते आइसीयु भेन्टिलेटर जस्ता स्वास्थ्य सामग्री भारतले नेपाललाई सहयोग गरेको थियो।

प्रकाशित: ३१ भाद्र २०७७ ०२:०१ बुधबार

रेमडेसिभिर औषधि भारत_ नेपाल_सहयाेग