स्वास्थ्य

काठमाडौंमा कोरोना पुष्टि हुनेबित्तिकै दुई महिला भागेपछि तनाव !

नुवाकोट घर भएका दुई महिला कोरोना सङ्क्रमण पुष्टि हुनासाथ सम्पर्कविहीन भएका छन् ।  

काठमाडौँमा पिसिआर जाँच गराएका ४५ वर्षीया नरमाया घले र १४ वर्षीया सरस्वती घले नाम गरेका व्यक्ति सम्पर्कविहीन भएका हुन् ।  

कोरोना जाँचका लागि उनीहरूले काठमाडौंमा स्वाब दिएको र ठेगाना ‘नुवाकोट, वडा नं ३’ उल्लेख गरे पनि अधुरो रहेकाले उनीहरूलाई सम्पर्कमा ल्याउन कठिन परेको नुवाकोट स्वास्थ्य कार्यालयले जनाएको छ ।  

कार्यालयका सूचना अधिकृत उत्तम खनालका अनुसार नमुना दिँदा फोन नम्बर नलेखेको र ठेगानामा जिल्ला मात्र उल्लेख गरेकाले सङ्क्रमितलाई सम्पर्कमा ल्याउन कठिन परेको हो ।  

कार्यालयले स्थानीय तहका जनप्रतिनिधि र प्रहरी एकाइलाई ती संक्रमितलाई भेटिएमा सूचना दिन आग्रह गरेको छ । 

प्रकाशित: १५ भाद्र २०७७ १२:१४ सोमबार

सम्पर्कविहीन