स्वास्थ्य

कोरोना संक्रमणका कारण भारतमा सेनाका उच्च अधिकारीको निधन

तस्बिर : बिबिसी हिन्दी

कोरोना संक्रमणका कारण बिहीबार भारतीय सेनाका एक उच्च अधिकारीकाे निधन भएको छ।  

अधिकारीका अनुसार भारतीय सेनाको पूर्वी कमान्डमा कार्यरत ब्रिगेडियर विकास साम्यालको निधन भएको हो।  

समाचार एजेन्सी पिटिआईले भारतीय सेनाको आधिकारिक सूत्र उधृत गर्दै उनी भारतीय सेनाको उच्च तहका एक अधिकारी भएको जनाएको छ ।  

कोरोना संक्रमण भएपछि बैरकपुस्थित सैनिक अस्पतालमा भर्ना गरिएको थियो। त्यहाँ उपचार हुन नसकेपछि उनलाई कमान्ड हस्पिटलमा रिफर गरिएको थियो।  

तर पनि निमोनियाँ तथा सास फेर्न कठिन हुनेलगायत समस्याका कारण उनकाे निधन भएकाे बिबिसी हिन्दीले जनाएकाे छ। 

 

यो पनि पढ्नुहोस्

भारतमा पाँच दिनमै थपिए लाख काेराेना संक्रमित

 

प्रकाशित: १८ असार २०७७ ११:५० बिहीबार