coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

भारतमा पाँच दिनमै थपिए लाख काेराेना संक्रमित

फाइल तस्बिर : भारतमा काेराेनाका बिरामी

भारतमा पाँच दिनभित्र कोरोना संक्रमितको संख्या एक लाख बढेको छ।  

भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार ५ दिन अघिसम्म संक्रमितको संख्या ५ लाखभन्दा बढी रहेकामा बिहीबार ६ लाखभन्दा बढी भएकाे हाे।  

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा १९ हजार १ सय ४८ नयाँ संक्रमित थपिएका हुन्। योसँगै भारतमा कोरोना संक्रमितको संख्या ६ लाख ४ हजार ६ सय ४१ पुगेको हो।  

यस्तै गत २४ घण्टामा कोरोनाका कारण थप ४ सय ३४ जनाको मृत्यु भएपछि भारतमा मृतकको कूल संख्या १७ हजार ८ सय ३४ पुगेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।  

प्रकाशित: १८ असार २०७७ ०८:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App