स्वास्थ्य

अस्पताललाई वेलफेयरको स्वास्थ्य सामग्री

जिल्ला अस्पताललाई स्वास्थ्य सामग्री प्रदान गर्दै ब्रिटिस गोर्खा वेलफेयरका प्रमुख सुवास राई । तस्बिर : नागरिक

ब्रिटिस गोर्खा वेलफेयरले जिल्ला अस्पताल खोटाङलाई स्वास्थ्य सामग्री प्रदान गरेको छ । स्वास्थ्य सामग्री (कोभिड–१९) रोकथाम तथा नियन्त्रणमा सहयोग पुर्‍याउनका लागि वेलफेयरले जिल्ला अस्पताललाई सर्जिकल मास्क, गाउन, ग्लोव्स, मास्क लगायतका स्वास्थ्य सामग्री प्रदान गरेको हो । ब्रिटिस गोर्खा वेलफेयरका प्रमुख सुवास राईले शनिबार अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका सदस्य ध्रुबलक्ष्मी राईलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् ।  

वेलफेयरले पाँच सय थान सर्जिकल मास्क, एक सय थान डिस्पोजेवल सर्जिकल गाउन, एक सय थान फेस सिल्ड, सय थान एन ९५ मास्क, दुई सय थान सर्जिकल ग्लोभ्स, सय थान सु कभर, सय थान हेड क्याप र पाँच सय थान डिस्पोजेवल ग्लोभ्स प्रदान गरेको जिल्ला अस्पतालका निमित्त कार्यालय प्रमुख रबिनकुमार फुयाँलले बताए । जिल्ला अस्पतालका डाक्टर, कर्मचारी लगायतको उपस्थितिमा वेलफेयरले स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।  

 

 

प्रकाशित: १० जेष्ठ २०७७ ०६:५३ शनिबार

कोभिड–१९ स्वास्थ्य सामग्री