स्वास्थ्य

संक्रमित बालिकाको सम्पर्कमा आएका ४० जनाको रिपोर्ट नेगेटिभ (अपडेट)

बर्दिया- राजापुर नगरपालिका –५ बदालपुरकि कि ११ वर्षिय कोरोना संक्रमित बालिकाको सम्र्पकमा आएका ४० जनाको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । क्वारेन्टाइनमा बालिकासँग सम्र्पक आएका र कैलालीबाट आउने क्रममा सम्र्पक भएको ४० जनाको स्वाब रिपोर्ट नेगिेटभ आएको हो ।

रिक्सा चालक, एम्बुलेन्स चालक र क्वारेन्टाइनमा सम्र्पकमा बसेकाको ४० जनाको रिपार्ट नेगेटिभ आएको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बताए । ‘कैलालीबाट आउने क्रममा सम्र्पक भएकाको रिपार्ट नेगेटिभ आएको छ,’उनले भने,‘बालिका सम्र्पकमा गाउँका कोहि पनि सम्र्पकमा थिएन, कैलालीबाट आउँने बित्तिकै बालिकालाई क्वारेन्टाइनमा राखिएको थियो ।’

संक्रमित बालिका चैत ३ गतेदेखि बैशाख १६ गतेसम्म कैलालीको मजगाउँ र भजनीमा बसेकि थिइन् । कैलालीले पनि भजनी र मजगाउँका १ सय ८९ थ्रोट स्वाब संकलन गरेपनि रिपार्ट आउँन बाँकी रहेको स्वास्थ्य कार्यालयका प्रमुख लालबहादुर धामीले जानकारी दिए । बर्दियामा अहिले सम्म ३ हजार ५ सयका आरडिटी र ५ सय ८४ स्वाब संकलन भएको छ । आरडिटी सबै नेगेटिभ रिपार्ट आएको र स्वाबबाट गरिएको परीक्षणमा १ जना बालिकाको मात्र पोजेटिभ रिपार्ट आएको प्रजिअ लामिछानेले जानकारी दिए ।   

प्रकाशित: १ जेष्ठ २०७७ ०३:३३ बिहीबार

कोभिड १९ कोरोनाभाइरस