स्वास्थ्य

आरडिटी पोजेटिभ, पिसिआर नेगेटिभ

पाँचथर, – -यापिड डाइगोनेस्टिक टेस्ट (आरडिटी) मा पोजेटिभ देखिएका एक युवकको पिसिआर परीक्षणका क्रममा कोरोना नेगेटिभ देखिएको छ । आरडिटी पोजेटिभ देखिएपछि उनको स्वाब संकलन गरेर कोसी अञ्चल अस्पताल विराटनगरमा परीक्षण गर्दा कोरोना नदेखिएको स्वास्थ्य कार्यालय पाँचथरका प्रमुख नारद सुवेदीले बताए ।

आरडिटी पोजेटिभ देखिएपछि जिल्ला र छिमेकी जिल्लामा त्रास फैलिएको थियो । काठमाडौंबाट आएका उनलाई याङवरक गाउँपालिकामा पर्ने गणेशचोकको क्वारेन्टाइनमा राखिएको थियो । आरडिटी पोजेटिभ आएपछि उक्त क्वारेन्टिनमा बस्ने १४ र आफन्त १६ जनालाई नै आइसोलेसनमा राखेर पिसिआर परीक्षणका लागि नमुना पठाइएको थियो ।

 

प्रकाशित: २३ वैशाख २०७७ ०३:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App