स्वास्थ्य

पर्यटन व्यवासायी खत्रीद्वारा ४० थान थर्मल गन सहयोग

गोरखा- पर्यटन ब्यवशायी प्रेम खत्रीले गोरखाका स्थानीय तह, अस्पताल, सुरक्षा निकायलाई ४० थान ज्वरो नाप्ने उपकरण (थर्मल गन) सहयोग गरेका छन्। मंगलवार उनले गण्डकी गाउँपालिकालाई ९ थान, भिमसेन ८ थान, गोरखा नगरपालिका ७ थान, चुमनुब्री गाउँपालिका ४, धार्चे २, शहिद लखन २, गोरखा अस्पताललाई २ थान, लायन्स आँखा अस्पतालको लागि १, रेडक्रस सोसाईटीका लागि १ थान सहयोग गरेका हुन्। जिल्ला प्रशासनन कार्यालय, नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनाको लागि १/१ थान थर्मल गर्न हस्तारण गरेका हुन्।

गण्डकी गाउँपालिकालाई तीन हजार थान मास्क, धार्चे एक हजार, चुमनुब्री र शहिदलखन गाउँपालिकालाई पाँच सय थान मास्क पनि दिएका छन्। गोरखाको आरुघाट गाउँपालिका ८ आरुपोखरीका स्थानीय खत्री काठमाण्डौँमा पर्यटन व्यवसाय गर्छन। सम्भव नेपाल नामक संस्थाको संस्थापक अध्यक्ष समेत रहेका खत्रीले यस अघि संस्था मार्फत विद्यालय निर्माण, छात्रवृत्ती, विद्यार्थीलाई पोसाक, कम्प्युटर लगायतको सहयोग गर्दै आएका थिए। ‘थर्मल गन मेरो ब्यक्तीगत आम्दानीबाट दिएको हो’ खत्रीले भने ‘कोरोनाको जोखिम न्यूनिकरणका लागि सहयोग गरेका हुँ।’ गोरखाको एक मात्रै सरकारी अस्पताल गोरखा अस्पतालमा गोरखा नगरपालिकाले दिएको १ र प्रदेश सरकारबाट १ गरी दुईथान मात्रै थर्मल गन थियो। खत्रीले २ थान दिएपछि ४ थान भएको छ। अस्पताललाई थप सहज भएको स्वास्थ्यकर्मीले बताएका छन्। सहयोग गर्ने खत्री नेपाली कांग्रेस गोरखाका महाधिवेशन प्रतिनिधि पनि हुन्।

 

प्रकाशित: ९ वैशाख २०७७ १०:०६ मंगलबार

कोरोना_भाइरस कोभिड_१९ थर्मल_गन