स्वास्थ्य

महामारीसँंग जोडिएको छ भक्तपुरको विस्केट जात्रा

भक्तपुर- महामारी र भक्तपुरको विस्केट जात्रा एउटै सिक्काका दुईवटा पाटाहरु रहेको इतिहास एवं संस्कृतिविद्हरुले बताएका छन् । कोरोना भाइरस (कोभिड-१९) ले विश्वव्यापी रुपमा असर पारिरहेको बेला भक्तपुरको विस्केट जात्रालगायतका जात्रापर्वहरु यस्तै महामारीसँंग सरोकार राख्ने उनीहरुले बताएका छन् ।

इतिहास एवं संस्कृतिविद् प्राडा पुरुषोतमलोचन श्रेष्ठको अध्ययनमा महामारी र जात्रा एउटै सिक्काका दुई पाटा हुन् । जसमध्ये सिक्काको पहिलो पाटो महामारी र  दोस्रो पाटो जात्रा वा उत्सव भएको उनी सुनाउँंछन् ।

मानव सभ्यता र तिनले गर्दै आएका चरम विकाससँगै एक स्थानबाट अर्को स्थान र एक देशबाट अर्को देश महादेशमा भइरहने आवतजावत वा त्यस्तो मानव यात्राको ऐतिहासिक पृष्ठभूमिबाट चियाएर हेर्दा अतीतका महामारीहरूको पैmलने चरित्र र तिनका विस्तारक्रम पनि उस्तै देखिने उनी सुनाउँंछन् । महामारीको मूल संवाहक मानिस नै रहेको र विगतका महामारीहरू सोहीअनुरूप बस्ती, गाउँ, सहर, देश हुँदै महादेशसम्म पैmलिएको विदित भएको उनी सुनाउँंछन् ।

‘विज्ञान र प्रविधिको चरम उत्कर्षकालमा पुगेको आजको मानव सभ्यता र विकासले यो विश्व एक सानो गाउँमा परिणत हुनपुगेको छ । यसो हुँदा केही समय अघिमात्र चीनको उहानबाट सल्केको कोभिड–१९ (कोरोना भाइरस) नामको शत्रुले प्रायः सबै देशहरूमा डढेलोभन्दा पनि छिटो फैलिएर विगतका विनाशकारी विश्वयुद्धहरूलाई पनि बिर्साउने गरी हरेक दिन हजारौँ मानिसहरूको ज्यान लिइरहेको छ, प्राडा श्रेष्ठ थप्छन्, ‘यसरी विगतका महामारीको तुलनामा यस महामारीले पुर्‍याउँदै आएको प्राणघातक क्षति र भयङ्कर विश्वव्यापी आक्रमणको स्वरूप नितान्त भिन्नै प्रकारको पहिलो विश्वयुद्ध स्वरूपको छ ।’

उनको भनाईमा जात्रा, चाडपर्व उत्सवहरू हाम्रा पुर्खाहरूले त्यत्तिकै राखेर, चलाएर गएका होइनन् । नेपालमण्डलमा प्राचीनकालदेखि चलिआएका प्रसिद्ध जात्राहरू जस्तै विस्केट जात्रा, इन्द्रजात्रा, मत्स्येन्द्रनाथको जात्रा र त्यसैगरी जीवित देवगणका नाचहरू जस्तै कान्तिपुरको नरदेवीनाच, ललितपुरको हरिसिद्धि नाच र त्यसैगरी भक्तपुरको नवदुर्गा नाच आदि समेत उदाहरणस्वरूप रहेको उनी सुनाउँंछन् ।

यी जात्रा, नाचहरू मनाउनुको मूल दर्शन वा साझा अभिप्राय आक्रमण, महामारी, दुर्भिक्ष आदिको अन्त्य एवं देशरक्षा र देशवासीको सुस्वास्थ्य, सुख, शान्ति, अमन–चैन, समृद्धि, सहकालको कामना रहिआएको विदित हुने उनी सुनाउँंछन् । ‘विगतमा अनेक महामारीहरू चले, ती महामारीको अन्त्यका लागि देशवासीले देशका उच्चतम् देवदेवीलाई सम्झे, पूजा प्रार्थना गरे, त्यसले उनीहरूको आत्मबल बढायो, महामारीसित लड्ने मनोबल उच्च भयो, उनी भन्छन् ।

अर्का संस्कृतिविद् जननीप्रसाद मूल महामारीलगायत दुर्भिक्षको अन्त्य भई सहकाल आउँछ, यस लोकमा रहेकाहरूलाई सुस्वास्थ, समृद्धि र सुख–शान्ति प्रदान गर्दै शत्रुनाशसमेत गर्दै परलोकमा रहेका मृतात्माहरूले जन्म र मृत्युको बन्धनबाट मुक्ति पाउँदै मोक्ष प्राप्त होस् भन्ने कामनाले समेत विधान गरी जात्रा मनाउने बताउँंछन् ।
 

प्रकाशित: २ वैशाख २०७७ ११:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App