स्वास्थ्य

एक भारतीयलाई ओखलढुंगाको क्वारेन्टाइनमा राखियो

ओखलढुंगा– घुमन्ते जीवन विताउदै आएका एक भारतीयलाई क्वारेन्टाइनमा राखिएको छ। जिल्लाको सुनकोशी गाउँपालिका हुँदै ओखलढुंगा सदरमुकाम आईपुगेका उनलाई बिहीबार ओखलढुंगा क्याम्पसको क्वारेन्टाइनमा राखिएको हो।

घुमन्ते जिवन बिताउदै आएका करिब ३०–३१ वर्षका देखिने ती व्यक्तिलाई क्वारेन्टाइनमा राखिएको प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले बताए। बेवारिसे घुमिरहेको अवस्थामा सदरमुकाममा फेला पारी क्वारेन्टाइनमा राखिएको आचार्यको भनाई छ।

बंगाली भाषा जस्तो बोल्ने ती व्यक्तिले लगाएको फोहोर कपडा फेरिदिएर क्वारेन्टाइनमा राखिएको छ। कोरोना भाइरसको सम्भाबित जोखिम हुन सक्ने भन्दै क्वारेन्टाइनमा राखिएको प्रमुख जिल्ला अधिकारी आचार्यको भनाई छ। तर उनको स्वास्थ्य अवस्था सामान्य रहेको श्रोतले जनाएको छ।

प्रकाशित: २७ चैत्र २०७६ ११:४६ बिहीबार

भारतीय क्वारेन्टाइन कोरोना