स्वास्थ्य

गोरखामा तीन सय १६ क्वारेन्टाईन, २७ आईसोलेसन बेड

गोरखा नगरपालिकाले निर्माण गरेको क्वारेन्टाईन स्थल । तस्विर : नागरिक

गोरखा – जिल्लाको दुई नगरपालिकासहित ११ वटा स्थानीय तहमा कोरोना भाईरसको सक्रमणबाट सचेत रहन तीन सय १६ वेडको क्वारेन्टाईन स्थल निर्माण गरिएको छ। भुकम्पपछि नयाँ बनेका विद्यालय भबनलाई अधिकाशं पालिकाले क्वारेन्टाईन स्थलको रुपमा छनौट गरेका छन्। 

गोरखा नगरपालिका भित्र ५१, पालुङटारमा १८, आरुघाट गाउँपालिकामा १०, सिरानचोक गाउँपालिकामा ४०, धार्चेमा १३, अजिरकोट २२ र भिमसेन थापामा १० वटा वेडको क्वारेन्टाईन निर्माण गरिएको छ। यस्तै गण्डकी गाउँपालिकामा ५८, बारपाक सुलिकोटमा ५१, शहिदलखन गाउँपालिकामा २९ र तिब्बत सँग सिमाना जोडिएको चुमनुब्री गाउँपालिकामा १४ वेडको क्वारेन्टाईन निर्माण गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। 

अधिकशं  सामुदायिक विद्यालयमा क्वारेन्टाईन स्थल छनोट  गरिएको छ। केहि स्वास्थ्य चौकी र सामुदायिक भवनमा पनि बेड तयार गरिएको स्थानीय तहहरुले जिल्ला प्रशासन कार्यालयलाई बुझाएको तथ्याङ्कमा उल्लेख रहेको प्रशासकिय अधिकृत हर्क रोकाले बताए। गोरखा अस्पतालमा २, वल्ड क्यापिटल माविमा १५ आँपपिपल अस्पतालमा ४, सिरानचोक गाउँपालिका ४ र आरुघाट प्राथमिक स्वास्थ्य केन्द्रमा २ गरि २७ वेडको आईसोलेन वार्ड तयार गरिएको छ। 
 

 

प्रकाशित: २५ चैत्र २०७६ ०८:०८ मंगलबार

कोरोना क्वारेन्टाईन आईसोलेसन