स्वास्थ्य

पाँचथरमा ६ जनाको रिर्पोट नेगेटिभ

पाँचथर– जिल्ला अस्पताल पाँचथरको आईसुलेसनमा राखेर उपचार गरिएका ६ जनाको रिर्पोट नेगेटिभ देखिएको छ। कोरोना जस्तै लक्षण देखिएपछि उनीहरुको रगतको नमुना परीक्षणको  लागि धरानतिविपि मेमोरीयल अस्पतालको प्रयोगशाल पठाइएको थियो ।

परीक्षणबाट उनीहरूमा कोरोना भाइरस नभएको पुष्टी भएको हो। रुघाखोकी तथा ज्वरो देखिएपछि उनीहरु अस्प्तालम भर्ना भएका थिए। ६ जनाको रिर्पाट नेगेटिभ आएपछि होम क्वारेन्टाईनमा बस्ने  गरि डिस्चार्ज गरिएको पाँचथर अस्पतालका डा. विशाल नेपालीले जानकारी दिए। 

उनका अनुसार ६ जनानै विदशेबाट आएका हुन्। उनीहरुको स्वास्थ्यमा सुधार देखिएकाले घर पठाइएको नेपालीको भनाई छ।  शुक्रबारको परीक्षणका लागि नमुना पठाइएको थियो। यस अघि जिल्लाबाट नमुना पठाइएका तीनजनाको रिर्पोट नेगेटिभ आएको थियो। 
 

प्रकाशित: २४ चैत्र २०७६ १०:५१ सोमबार

रिर्पोट नेगेटिभ कोरोना