स्वास्थ्य

जर्मनीले आफ्ना नागरिक लैजान जहाज पठायो

काठमाडौं - जर्मनीले आफ्ना नागरिक लैजान कतार एयरलाइन्स पठाएको छ। अहिले विहान ल्याण्ड भएको सो एयरलाइन्समा ३२५ जना जर्मन नागरिकहरु जाँदैछन्। नेपालमा पर्यटकका रुपमा आएका जर्मन नागरिकहर अलपत्र परेपछि उनीहरुलाई लिन जर्मन सरकारले कतार एयरलाइन्सको चार्टड विमान पठाएको हो।

नेपाल सरकारले अलपत्र परेका विदेशी नागरिकलाई विभिन्न स्थानबाट उद्धार गरेर काठमाडौ ल्याएपछि उनीहरुलाई स्वदेश फिर्ता पठाउन लागिएको हो। उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेल संयोजकत्वमा रहेको कोरोना रोकथाम तथा नियन्त्रण सम्बन्धी उच्चस्तरीय समितिले नेपालमा अलपत्र परेका विदेशी नागरिकलाई पठाउने निर्णय गरेको थियो।

प्रकाशित: १४ चैत्र २०७६ ०५:१३ शुक्रबार

कोरोना_भाइरस जर्मन नागरिक उद्वार