स्वास्थ्य

तेह्रथुममा २९ जना होम क्वारेन्टाइनमा

तेह्रथुम- विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट बच्न लकडाउन घोषणा भएसँगै तेह्रथुमको म्याङ्गलुङमा जिल्लाबाहिरबाट आएका २९ जनालाई होम क्वारेन्टाइनमा राखिएको छ।

लकडाउको पहिलो दिन मंगलबार १८ जना म्याङ्गलुङ भित्रीएका थिए। भने बुधबार ११ जनाबाहिरबाट आएका छन्। सबैलाई जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षणपछि होम क्वारेन्टाइनमा राखिएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरी नायव उपरिक्षक नविनकिशोर प्रधानले जानकारी दिए।

सदरमुकाम म्याङलुङलाई लक्षित गरेर म्याङलुङ नगरपालिका, नेपाल प्रहरी र देबीबक्स गुल्मको संयुक्त ब्यवस्थापनमा ५० वेडको क्वारेन्टाइन समेत तयार गरिएको म्याङलुङ नगरपालिकाका मेयर सञ्जयकुमार तुम्बाहाङफेले बताए।

 

प्रकाशित: १३ चैत्र २०७६ ०९:४७ बिहीबार

काेभिड_१९ काेराेना क्वारेन्टाइन