स्वास्थ्य

वीरेन्द्रनगरमा कोरोना रोक्न तयारी तीव्र

वीरेन्द्रनगर- विश्वभर फैलिएको कोभिड–१९ अर्थात् नोबेल कोरोना भाइरस संक्रमणको जोखिम हटाउन पूर्व सजगतालाई कर्णाली प्रदेश सरकारले काम तीव्र पारेको छ। प्रदेश सरकारले कर्णाली भित्रिने सीमावर्ती नाकामा हेल्थ डेस्क, प्रादेशिक अस्पतालमा आइसोलेसन र जिल्लामा आवश्यक पर्ने जनशक्ति तीन महिनाका लागि करारमा नियुक्त गरेको छ।

कर्णालीका १० जिल्लामा ३६ वटा हेल्थ डेस्क स्थापना भएको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ। आवश्यक परे अन्य क्षेत्रमा पनि हेल्थ डेस्क सञ्चालन गर्न सकिने निर्देशनालयको भनाई छ। मुगुमा नौ, रुकुम पश्चिममा आठ, सल्यानमा एक, डोल्पामा दुई, जुम्लामा पाँच, जाजरकोटमा एक, सुर्खेतमा तीन, दैलेखमा दुईवटा हेल्थ डेस्क स्थापना गरिएको छ भने जिल्ला अस्पतालमा एउटा हेल्थ डेस्क स्थापना भएको छ। यस्तै हुम्लामा पाँच र सुर्खेत विमानस्थलमा एउटा हेल्थ डेस्क स्थापना गरिएको छ।

कोराना संक्रमण लक्षित गरी ३२ जना हेल्थ असिस्टेन्ट (एचए) करारमा नियुक्त गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। उनीहरूले सञ्चालन गरिएको हेल्थ डेस्कमा खटाइएको मन्त्रालयको भनाई छ। सर्जिकल मास्क ल्याउने तयारी भइरहेको छ।

 

प्रकाशित: ५ चैत्र २०७६ १३:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App