स्वास्थ्य

हितकारी किबी फल

किबी फल सुरुमा चीनमा पत्ता लागेको र २०औं शताब्दीमा न्युजिल्यान्डमा यसको विकास भएको मानिन्छ। त्यतिखेर यसलाई चाइनिज गुजबेरीको रूपमा चिनिन्थ्यो। पछि फलफूल विज्ञहरूले यसको नाम ‘क्वी’ राखेका हुन्। यो न्युजिल्यान्डमा पाइने ‘क्वी’ चराजस्तै भएकाले यसको नाम ‘क्वी’ फल राखिएको भनिन्छ। यस फलमा धेरै क्यालोरी तथा पोषणयुक्त तत्व हुन्छ।

यस फलबाट हुने फाइदा

छाला स्वस्थ: यस फलमा रहेको कोलाजिन तत्व जसमा भिटामिन सी हुन्छ। यो तŒवले घामले जलेर नष्ट भएको, प्रदूषणले बिग्रेको र चुरोटको सेवनले चाउरिएको छालालाई ताजगी प्रदान गरी सुन्दर बनाउँछ।
 राम्रो निन्द्रा: एसिया प्यासिफिक जर्नल अफ क्लिनिकल न्युटे«सनमा प्रकाशित एक अध्ययन प्रतिवेदनका अनुसार वृद्ध अवस्थामा निदाउने समस्या भएमा यसको सेवनले राम्रो निन्द्रा लाग्छ।
मुटुको स्वास्थ्यमा लाभ: यसमा हुने फाइबर पोटासियमले शरीरमा सोडियमको मात्रा घटाइदिन्छ। यसले गर्दा मुटुको रोग लाग्न पाउँदैन। एक अध्ययनअनुसार जसले दैनिक चार हजार ६९ मिलिग्राम पोटासियम सेवन गर्छन्, उनीहरू आकस्मिक मुटुरोगको मृत्युबाट जोगिन्छन्।
मिर्गौलाको पत्थरी हटाउँछ: भोजनमा बढी मात्रामा पोटासियम समावेश गर्नेहरूलाई मुुटुरोगको जोखिम कम हुन्छ। यसका साथै यस फलले शरीरमा हुने विभिन्न ट्युमर उत्पत्ति हुनबाट रोकथाम गर्छ। यसका साथै हड्डीमा हुने खनिज घनत्वको समस्याबाट पनि बचाउँछ र मिर्गौलामा आउने पत्थरीलाई फुटाउँछ।
उच्च रक्तचाप घटाउँछ: यो फलमा हुने उच्च पोटासियमको मात्राले उच्च रक्तचापलाई घटाउँछ। तर यसमा रहेको सोडियमको मात्रा उच्च रक्तचापका लागि जोखिम मानिन्छ।
कब्जियत हटाउँछ: एक अध्ययनअनुसार किबी फलमा हुने लाक्जाथिटको मात्राले कब्जियत हुन दिँदैन। नियमित यो फलको सेवन गर्नेहरूमा नरम तथा नियमित दिसा हुने गरेको पाइएको छ।

किबीमा पाइने पोषण तत्वहरू:

क्यालोरी: ४२ ग्राम प्रतिगोटा
प्रोटिन: ०.८ ग्राम
चिल्लोको मात्रा: ०.१ ग्राम
फाइबर: १ ग्राम
भिटामिन सी: ३ माइक्रो ग्राम
आइरन: ०.२ मिलिग्राम
फोलेट:१७ माइक्रो ग्राम


किबी फल कसरी तपाईको भोजनमा समावेश गर्ने ?
– यो फल सलादको रूपमा खान सकिन्छ।
– यसलाई लस्सी बनाएर पनि सेवन गर्न सकिन्छ।

किबी सेवन गर्ने तरिका

– एउटा किबी काट्नुहोस्, आधा अनुहारमा पातलो पारेर दल्नुहोस् बाँकी भाग खानुहोस्। यसले छालामा प्राकृतिक सुन्दरता छाउनेछ।
– किबीलाई भुइँकटहर, आँप र स्ट्रबेरीसित मिलाएर पनि खान सकिन्छ।
– काटेको किबीको माथिल्लो भागमा मह दली स्वादिलो बनाउन सकिन्छ
– किबीको जुसमा स्याउ तथा नास्पाती तथा पालक मिसाएर पनि खान सकिन्छ। किबीलाई लस्सी बनाएर गर्मी मौसममा खाजासित खान सकिन्छ।

प्रकाशित: ३० चैत्र २०७५ ००:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App