स्वास्थ्य

बढ्दैछन् मिर्गौला रोगी

काठमाडौं - विश्व मिर्गौला दिवसका अवरमा आयोजित ¥यालीमा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी भएका छन्। बिहीबार टिचिङ अस्पताल महाराजगञ्जले आयोजना गरेको ¥यालीमा शर्मा अस्पतालको हाताभित्र केही समय हिँडेका थिए। सो क्रममा प्रधानमन्त्री आलीले विश्व मिर्गौला दिवसको टिसर्ट लगाएर अस्पतालको मनमोहन भवनदेखि गेटसम्म हिँडे। सो कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले मिर्गौला बचाउन खानपान र व्यायममा ध्यान दिनुपर्ने बताए। कार्यक्रमको आयोजना अस्पतालको नेफ्रोलोजी विभाग र नेपाल मेडिकल विद्यार्थी समाजले गरेको थियो।

मिर्गौला दिवसकै अवसरमा बिहीबार धर्मभक्त अंग प्रत्यारोपण केन्द्रले विभिन्न कार्यक्रम आयोजना गरेको छ। केन्द्रद्वारा आयोजित फुटबल प्रतियोगिता कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव, स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री सुरेन्द्रकुमार चौधरी, चिकित्सक कलाकार हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, अस्ट्रेलियन राजदूत र कोरियन राजदूत, मिर्गौला प्रत्यारोपण गरिसकेका बिरामी, मिर्गौला प्रत्यारोपण तयारीमा रहेका बिरामी सहभागी भए।

बिहीबारै ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले निःशुल्क मिर्गौला परीक्षणको शिविरको आयोजना ग¥यो। सो क्रममा करिब ३ सयको मिर्गौला परीक्षण गरियो भने राष्ट्रिय मिर्गौला उपचार केन्द्रले दाङमा जनचेतना कार्यक्रमको आयोजना ग-यो। विश्व स्वास्थ्य संगठनले यो वर्षको मिर्गौला दिवसको नारा ‘सबैका लागि स्वस्थ मिर्गौला, जहाँ गए पनि मिर्गौला’ तय गरेको थियो।

कुल जनसंख्याको १० प्रतिशतमा कुनै न कुनै मिर्गौला रोग रहेको छ भने कुल रोगीमध्ये १० प्रतिशतको मिर्गौला पुरै बिग्रेको छ । प्रति वर्ष ३ हजार नयाँ बिरामी थपिने गरेका छन् । यो दर अन्य मुलुकको तुलनामा उच्च रहेको चिकित्सक बताउँछन् ।

नेपालमा प्रति वर्ष कुल जनसंख्याको १० प्रतिशतलाई कुनै न कुनै मिर्गौला रोग रहेको छ। कुल मिर्गौला रोगीमध्ये १० प्रतिशतको पुरै मिर्गौला बिग्रेको छ। नेपालमा सरदर ३ लाख मानिसको मिर्गौला बिग्रिसकेको अनुमान छ भने प्रति वर्ष ३ हजार नयाँ बिरामी थपिने गरेका छन्। नेपालमा मिर्गौला बिग्रिने दर अन्य मुलुकको भन्दा उच्च रहेको चिकित्सक बताउँछन्। मधुमेह, उच्च रक्तचापका कारण नेपालमा मिर्गौला बिग्रिनेको संख्या बढ्दै गएको चिकित्सकले बताएका छन्।

विश्वमा यी दुई कारणले नै मिर्गौला बिग्रिने गरेको जनाइएको छ। नेपालमा ग्लोमोनेफ्राइटिस, मिर्गौलामा फोका पर्ने रोगले बिरामीहरुको मिर्गौला बिगार्ने गरेको पाइन्छ। यो रोगको समयमै उपचार नहुँदा, मधुमेह, उच्चरक्तचापका बिरामी बढ्नु, यी रोगलाई नियन्त्रणमा नराख्नुले मिर्गौला पुरै बिग्रिने गरेको चिकित्सक बताउँछन्। ‘ग्लोमोनेफ्राइटिसको समयमै उपचार गरेमा मिर्गौला बिग्रिन पाउँदैन,’ धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रकी मिर्गौला रोग विशेषज्ञ डा. कल्पना श्रेष्ठले भनिन्। मिर्गौला पुरै बिग्रिनुअघि कुनै पनि लक्षण नदेखिने कारण बिरामी झुक्किएर ढिला मात्र उपचारमा पुग्दा उपचार जटिल बन्ने गरेको चिकित्सकले औंल्याए। ढिला उपचारमा पुग्दा उपचार खर्चिलो र जटिल भएकाले नेपालमा हजारौं मानिस हेमोडाइलोसिसको भर पर्नु परेको छ।

मिर्गौला बिग्रिन सुरु भएपछि थकाइ लाग्ने, अनुहारमा रक्तअल्पता भएजस्तो देखिने, पिसाब कम हुने, पिसाबमा फिँज देखिने, शरीर सुन्निनेजस्ता लक्षण देखिन्छन्। वर्षमा कम्तीमा एक पटक मिर्गौलाको भिडियो एक्सरे, पिसावमा प्रोटिनको अवस्था, रगतमा क्रेटिनाइनको अवस्था परीक्षण गरेर मिर्गौलाको अवस्था थाहा पाउन सकिन्छ। यसको परीक्षण स्वास्थ्य चौकी तहमा समेत निशुल्क छ। चिकित्सकले नियमित व्यायम, स्वस्थ खानपान गरी जीवनशैली सुधारेमा मिर्गौला बिग्रिनबाट बच्न सकिने सुझाएका छन्।

प्रकाशित: १ चैत्र २०७५ ०३:१० शुक्रबार

मिर्गौला_रोगी विश्व_मिर्गौला_दिवस चिकित्सक