स्वास्थ्य

सप्तरीमा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना हुने

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पेश गरेको प्रस्ताव अनुसार सप्तरीमा रामराजाप्रसाद सिंह स्वास्थ्य बिज्ञान प्रतिष्ठान स्थापना हुने भएको छ। 

प्रदेश नम्बर २ को सप्तरीमा स्थापना गरिने उक्त स्वास्थ्य बिज्ञान प्रतिष्ठानको  नेपाल सरकार मन्त्रिपरिषदको सोमबारको बैठकले निर्णयसँगै सो स्थापना  हुने भएको हो।  

उक्त स्वास्थ्य विज्ञान प्रतिष्ठान राजविराज सप्तरीमा स्थापना हुनेछ, जसबाट प्रदेश नं १ र २ का विरामीहरुले उपचार सुविधा प्राप्त गर्नेछन्। साथै चिकित्साशास्त्र अध्ययन गर्ने विद्यार्थीहरुका लागि ठूलो अवसर प्राप्त हुनेछ। विकास निर्माणको दृष्टिकोणले अत्यन्त पछाडि परेको यो जिल्लामा स्वास्थ्य बिज्ञान प्रतिष्ठान स्थापना भएपछि नेपालका १ र २ न प्रदेशका स्थानीयले सेवा सुविधा पाउनुका साथै छिमेकी मुलुक भारतका जनताले पनि सेवा प्राप्त गर्न सक्नेछन्। 

स्वास्थ्य बिज्ञान प्रतिष्ठानको स्थापनासँगै स्थानीय तहमा सुलभ र आफ्नै गाउँमा स्वास्थ्य सेवा सविधाका साथै रोजगारीका अवसर प्राप्त हुनेछ। जसले सप्तरीको बिकासमा फड्को मार्न सघाउ पुग्ने विश्वास गरिएको छ।

प्रकाशित: १७ पुस २०७५ ११:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App