स्वास्थ्य

प्राथमिक उपचार तथा उद्धार तालिम

तिलागुफा नगरगरपालिकाले प्राथमिक उपचार तथा उद्धारकर्ता चारदिने तालिम सम्पन्न गरेको छ।

विपद् व्यवस्थापनका लागि पूर्वतयारी, जोखिम न्यूनीकरण, प्रतिकार्य जस्ता कार्यको व्यवस्थापन हुन नसक्दा विपद्को जोखिम बढ्दै गएकाले प्राथमिक उपचार तथा उद्धारकर्ता तालिम सञ्चालन गरिएको हो।

मानवीय सहायता तथा विपद् पूर्वतयारी (उत्थान) परियोजना अन्तर्गत उक्त तालिमको आयोजना गरिएको थियो।

नगरपालिका प्रमुख शंकरप्रसाद उपाध्यायले वहुप्रकोप जोखिमयुक्त ग्रामीण क्षेत्रमा विपद् जोखिम न्यूनीकरण तथा आपतकालीन प्रतिकार्य क्षमता अभिवृद्धिका लागि तालिम महत्त्वपूर्ण रहेको बताए।

सिकेको सिपलाई व्यवाहरमा लागू गर्न उनले सहभागीलाई सुझाव दिए। ५ जना महिला र ६ जना पुरुष गरी ११ जना तालिममा सहभागी थिए।

तालिममा अग्नि नियन्त्रणका विधि तथा उद्धारका तरिका, अग्नि नियन्त्रणका सामग्री चलाउने विधि सिकाइएको प्रशिक्षक नरविर सुनारले बताए।

मानव जीवनमा विपद्का रुपमा निम्तिन सक्ने आपतकालीन अवस्था, घाउ चोटपटक, बिमारी तथा वातवरणीय समस्याहरुका प्राथमिक उपचारका लागि समुदायमा नै स्वयंसेवकहरु तयार पार्ने उद्धेश्यले उक्त तालिमको आयोजना गरिएको पेस नेपाल जुम्लाका कार्यकारी निर्देशक किशोर न्यौपानेले बताए।

प्रकाशित: १६ आश्विन २०८१ १०:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App