स्वास्थ्य

आज ११ औँ राष्ट्रिय परिवार योजना दिवस

आज ११ औँ रािष्ट्रय परिवार योजना दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै छ।

‘सुसूचित छनौटसहितको परिवार योजना सेवाः प्रजनन् स्वास्थ्य अधिकार प्राप्तिमा टेवा’ नारका साथ यो दिवस मनाउन लागिएको हो।

नेपालमा परिवार नियोजन कार्यक्रमको सुरुआत गरेको दिन १८ सेप्टेम्बर १९५९ लाई आधार मानेर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सन् २०१४ मा प्रत्येक वर्ष सेप्टेम्बर १८ लाई राष्ट्रिय परिवार नियोजन दिवस मनाउने निर्णय गरेको थियो।

यौन तथा प्रजनन स्वास्थ्य तथा परिवार योजना सेवाको अधिकार हरेक व्यक्तिको समान मानव अधिकार हो र सबै वर्गले यसको निर्वाध रुपमा उपभोग गर्न पाउनु पर्दछ भन्ने मुख्य ध्येयका साथ सरकार र सरोकारवाला निकायले काम गर्दै आएको छ।

तथ्याङ्कअनुसार सङ्घले सन् २०२३ मा करिब ३६ लाख यौन तथा प्रजनन स्वास्थ्यका विविध सेवा प्रदान गरी करिब एक लाख अनिच्छित गर्भधारण, ४३ मातृमृत्यु, ५० हजार असुरक्षित गर्भपतन र ३०० बाल मृत्युदर घटाउन योग्दान पुर्‍याएको देखिन्छ।

प्रकाशित: २ आश्विन २०८१ ०९:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App