स्वास्थ्य

वीरको बर्न वार्ड अर्को सातादेखि पूर्ण सञ्चालनमा

राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान वीर अस्पतालमा अर्को सातादेखि बर्न वार्डका सम्पूर्ण सेवा सुरु हुने भएको छ। स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेलले शुक्रबार वार्डको औपचारिक उट्घाटन गरेका थिए। थप पाँचजना चिकित्सकको पूर्ति भएपछि मात्र सेवा सुरु हुने अस्पतालका बर्न प्लास्टिक सर्जन डा. पियुष दाहालले बताए। 

उनका अनुसार प्रतिष्ठानका उपकुलपति डा. भूपेन्द्रबहादुर बस्नेतले आगामी केही दिनमा आवश्यक चिकित्सक पूर्ति गरी सेवा सञ्चालन गरिने डा. दाहालले बताए। डा. दाहालका अनुसार तीनजना मेडिकल अफिसर र दुईजना बर्न प्लास्टिक सर्जन पूर्ति हुनुपर्छ। अन्य जनशक्ति तयारी अवस्थामा रहेको उनले जानकारी दिए। 

चौबीसै घन्टा सेवा दिनुपर्ने भएकाले आवश्यक सबैखाले जनशक्तिको तयारीविना सेवा सञ्चालन हुन नसकेको हो, तर सामान्य या थोरै मात्र जलनका लागि भने अहिले पनि ट्रमा सेन्टरमै व्यवस्था गरिएको उनले बताए। प्रतिष्ठानका उपकुलपति डा. बस्नेतले वीरमा जनशक्ति तयारी अवस्थामा रहेको र सेवा सुरु भइसकेको बताए। 

‘हामीसँग अस्पतालमै भएका चिकित्सक पर्याप्त छन्, अपुग पनि यहींबाटै मिलाउँछौं’, उनले भने। २०७२ सालको भूकम्पले वीर अस्पतालको बर्न वार्ड भत्किएपछि यो अस्पतलामा यो सेवा बन्द भएको थियो। जलन भएर आउने बिरामीको व्यवस्थापन ट्रमा सेन्टरमै भइरहेको थियो। धेरै भाग जलन भएका बिरामीका हकमा भने अस्पतालले सेवा दिन सकेको थिएन। 

अहिले अस्पतालको पुरानो न्युरो वार्डमा १५ शड्ढयाको बर्न वार्ड सञ्चालनमा ल्याएको छ, जसमध्ये पाँचवटा शड्ढया भेन्टिलेटरसहितका छन्। यसमा गम्भीर जलनका बिरामीको उपचार गरिन्छ । बाँकी १० वटा शय्यामा कम जलनका बिरामीको उपचार गरिने छ। 

गत वर्ष नेपाली कांगे्रसका सांसद चन्द्र भण्डारीलाई ग्यास विस्फोट भएर जलन भएपछि नेपालमा उपचार हुन नसकेर भारतको बम्बई पुर्‍याउनुपरेको थियो। त्यसपछि सरकारले वीर अस्पतालमा तुरुन्तै वर्न वार्ड सञ्चालन गर्नका लागि निर्णय गरेको थियो।

प्रकाशित: ३१ भाद्र २०८१ ०७:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App