स्वास्थ्य

दैनिक एक घण्टा व्यायमको लागि समय दिनुस् : मन्त्री बस्नेत

स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले दैनिक एक घण्टा आफ्नो लागि समय दिन आग्रह गरेका छन।आज  शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको ९० औ स्थापना दिवसको अवसरमा मन्त्री बस्नेतले भने, ‘आफूले नियमित एक घण्टा व्यायम गरेकोले अहिलेसम्म रोग नलागेको र त्यो सूत्र तपाईँहरूले पनि अपनाउन होस्’।

आफू ६६ वर्ष पुरा भइसक्दा पनि कुनै पनि रोग नलागेको र कहिलेकाहीँ ज्वरो आए पनि एक छिन आराम गर्ने बित्तिकै निको हुने गरेको मन्त्री मोहन बहादुर बस्नेतले जानकारी दिए ।‘अहिलेसम्म औषधी खाएको छैन, ज्वरो आइहाल्यो भने आराम गरे ठिक भइहाल्छ’उनले भने।सक्रिय जीवन नै आफू स्वस्थ हुनुको मूल कारण रहेको मन्त्री बस्नेतले सुनाए।उनले नियमित घरको खाना खाने र एक घण्टा व्यायम अनिवार्य गर्ने गरेको बताए।सक्रिय जीवन पनि आफू स्वस्थ हुनुको मुख्य कारण रहेको उनले सुनाए। कार्यक्रममा सहभागी चिकित्सक तथा स्वास्थ्यकर्मीलाई सुझाउँदै उनले भने,‘अरु समय जे कामको लागि दिनुहोस्, जहाँ पुग्नुहोस् तर दिनको एक घण्टा आफ्नो लागि दिनुहोस्, त्यो घण्टा व्यायम गर्नै पर्छ’।क्रियाशील जीवन नै स्वस्थ हुने मुख्य उपाय भएको उनले बताए।‘

सोही क्रममा उनले आफ्नो खुट्टाको लिगामेन्ट च्यातिएको समयमा समेत चुनावमा सक्रिय भएर बिताएको क्षण स्मरण गरे।चिकित्सकले चार हप्ता आराम गर्नुहोस् भनेका थिए, स्थानीय चुनाव मुखैमा थियो, म  निरन्तर खटेँ’।यो घटनापछि सक्रियताले चिकित्सा विज्ञानलाई समेत जित्न सकेको अनुभव मन्त्री बस्नेतले सुनाए ।

प्रकाशित: १० माघ २०८० ११:३२ बुधबार

दैनिक एक घण्टा व्यायमको लागि समय दिनुस् : मन्त्री बस्नेत