स्वास्थ्य

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र मलेसियाको सनवे अस्पतालबिच सम्झौता

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र मलेसियाको सबैभन्दा ठूलो निजी अस्पतालबिच सम्झौता भएको छ ।एक कार्यक्रमका बिच प्रतिष्ठान जुम्ला र मलेसियाको सबैभन्दा ठूलो निजी तथा आधुनिक अस्पताल सनवे मेडिकल सेन्टर बिच मंगलबार महत्त्वपूर्ण सम्झौता भएको हो।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका तर्फबाट उपकुलपति डा मंगल रावल र सनवे मेडिकल हेल्थ केयर ग्रुपका तर्फबाट प्रेसिडेन्ट डालाउ बेन लोङ्गले हस्ताक्षर गरेका थिए।उक्त कार्यक्रममा मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेलले सम्झौता नेपालको दुर्गम जिल्लामा स्थापित प्रतिष्ठानका लागि ठूलो सहयोगी बन्ने बताए।

यता प्रतिष्ठानका उपकुलपति डा रावलका अनुसार सबैभन्दा दुर्गममा रहेको मेडिकल कलेजको विकासमा दुई स्वास्थ्य संस्थाबिचको सम्झौताले महत्त्वपूर्ण योगदान पुर्‍याउनेछ।उनले उच्चतम प्रविधिले मेडिकल कलेज विकासमा सहयोग पुग्नुका साथै प्रतिष्ठानका जनशक्ति र मलेसियाका जनशक्तिबिच एक आपसमा सहकार्यको हुने जनाए।

प्रकाशित: १५ कार्तिक २०८० १३:४२ बुधबार

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र मलेसियाको सनवे मेडिकलबिच सम्झौता