स्वास्थ्य

उमेर अनुसारको यौन शिक्षा आवश्यक: यौन रोग विशेषज्ञ

यौन रोग विशेषज्ञहरूले आम मानिसहरूलाई उमेर अनुसार यौनसँग सम्बन्धित शिक्षा दिनुपर्ने बताएका छन् ।

आज काठमाडौंमा ‘यौनका कुरा’ विषयक कृतिबारे छलफलमा बोल्दै यौन रोग विशेषज्ञ डा.सुबोधकुमार पोखरेलले विद्यार्थीलाई यौन व्यवहारको बारे उमेर अनुसारको शिक्षा दिनुपर्ने बताएका हुन । डा.पोखरेलले मानवीय यौनिकता बहु आयामिक विषय भएको बताए ।

उनले यौन मनोविज्ञानका विभिन्न पक्षबारे कृतिमा समेटिएको बताए । यौन ऊर्जाको केन्द्र भएको डाक्टर पोखरेलको भनाइ छ। यौन समस्याको बारेमा समयमा नै बुझाउन नसके यसले दुर्घटना निम्त्याउन सक्ने बताए।

विद्यार्थीहरूलाई स्वप्न दोष, विपरीत लिङ्गी प्रतिको आकर्षण, हार्मोन, सेनेटरी प्याडको प्रयोगका बारेमा जानकारी गराउन आवश्यक रहेको डा पोखरेलले बताए।

प्रकाशित: १९ श्रावण २०८० १५:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App