स्वास्थ्य

श्रवण शक्ति कमजोर भएकाहरुलाई क्लिनिक वानमा विशेष छुट

ललितपुरको जावलाखेलस्थित क्लिनिक वानले सुनाइ सम्बन्धी अपांगता भएकाहरुलाई सहज रुपमा सेवा प्रदान गर्ने भएको छ।

क्लिनिकले राष्ट्रिय बहिरा तथा सुस्त श्रवण संघको सहकार्यमा श्रवण शक्ति नभएका, गुमाएका वा सुस्त श्रवण शक्ति भएकाहरुलाई विशेष छुटसहित सहज सेवा उपलब्ध गराउने भएको हो।

बिहीबार ललितपुरमा एक कार्यक्रम आयोजना गरी क्लिनिक वान र राष्ट्रिय बहिरा तथा सुस्त श्रवण संघबीच सुनाइ सम्बन्धी अपांगता भएकाहरुलाई उपचारमा सहजता बनाउने बारे सम्झौता भएको हो।

सुनाइ सम्बन्धी अपांगता भएकाहरुलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनु यस सम्झौताको मुख्य उद्देश्य रहेको क्लिनिक वानले बताएको छ। यसबाट सुनाइ सम्बन्धी अपांगता भएका बिरामीहरूले दोभाषे मार्फत चिकित्सकसँग सही परामर्श लिन सक्नेछन्। जसबाट उनीहरुको उपचारमा निकै सहजता आउने र बिरामीहरूले सही उपचार पाउने विश्वास क्लिनिकले लिएको छ।

साथै, यस सम्झौताबाट बिरामीहरूले क्लिनिक वानका सेवाहरुमा ३५ प्रतिशत, प्रयोगशाला परीक्षणमा २५ प्रतिशत, औषधि र खोपमा १० प्रतिशत छुट पाउनेछन्। संघको सिफारिस पत्र लिएर आएमा क्लिनिक वानको सेवामा १०० प्रतिशत छुट पाउने व्यवस्था गरिएको क्लिनिक वानले जनाएको छ।  

क्लिनिक वानले यो सेवा ६ वर्षअघिदेखि सुरु गरेको थियो। तर, दोभाषे नहुँदा र सम्बन्धित ठाउँमा जानकारी नपुग्दा राम्रोसँग यो सेवा संचालन गर्न पाएको थिएन। अहिले ती समस्यालाई सम्बोधन गर्दै यो सेवा संघको सहयोगार्थ संचालन गरिएको क्लिनिक वानको भनाइ छ।

२०७२ सालमा ललितपुरको जावलाखेलमा स्थापना भएको क्लिनिक वानले विश्वसनीय र गुणस्तरीय स्वास्थ्य सेवा उच्चस्तरको सुविधायुक्त वातावरणमा बिरामीलाई उपलब्ध गराउँदै आएको छ।

फराकिलो ठाउँ, अत्याधुनिक सेटअप, डाक्टर कुर्नु नपर्ने वातावरण, बिरामीलाई प्रशस्त समय, हाईजिन विशेष ध्यान, बेड सिटदेखि हरेक कुरामा नवीनता क्लिनिक वानका खास विशेषज्ञता हुन्। 

२ वर्षदेखि क्लिनिक वानले भक्तपुरमा पनि आफ्नो शाखा विस्तार गर्दै सेवा दिन थालेको छ। अहिले क्लिनिक वानबाट ३ दर्जन बढी विशेषज्ञ चिकित्सकहरुले बिरामीलाई सेवा दिँदै आएका छन्।

प्रकाशित: २८ असार २०८० १३:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App