स्वास्थ्य

बुस्टर डोजको तत्काल प्रबन्ध गर्न स्वास्थ्य मन्त्रालयलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले कोभिड–१९ को संक्रमण पुनः बढन लागेको भन्दै बुष्टर डोज खोप तत्काल प्रबन्ध गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएका छन्।

मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सचिवहरुको कुरा सुनेपछि उनले स्वास्थ्य मन्त्रालयलाई कोरोनाको भ्याक्सिनको तत्काल प्रबन्ध गर्न निर्देशन दिएका हुन्।

उनले भनेका छन्, ‘ हाल कोभिड १९ को संक्रमण पुनः क्रमशस् बढ्न लागेको प्रकाशमा आएको छ। जनस्तरमा कोरोना फैलिन नदिन आवश्यक निरोधात्मक र प्रवर्धनात्मक कार्यहरु गर्ने। बुष्टर डोज खोपको लागि कोरोनाको भ्याक्सिनको तत्काल प्रबन्ध स्वास्थ्य मन्त्रालयले गर्नुहोला।’

प्रकाशित: १९ पुस २०७९ १०:१८ मंगलबार

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)