शिक्षा

सरकारी ज्यादती विरुद्ध जुम्लाका शैक्षिक संस्था बन्द

फाइल फाेटाे

जुम्ला – बिहीबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा सरकारले चिकित्सक, विद्यार्थी र सर्वसाधारणप्रति गरेको ज्यादतीका विरुद्ध जुम्लामा शैक्षिक संस्था बन्द गरिएको छ। चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रको विशिष्टीकरणको विषयलाई लिएर प्राध्यापक डा. गोविन्द केसी जुम्लामा अनशन बसेको विषयलाई लिएर गरिएको सरकारी धरकपडको घोर भत्र्सना गरिएको हो।

नेपाल विद्यार्थी संघ जुम्लाले एक प्रेश विज्ञाप्ती जारि गर्दै डा. गोविन्द केसीलाई गुरील्ला शैलीमा अपहरण गर्न हतियार सहित प्रहरी अस्पतालमा प्रवेश गरी ज्यादती मच्याएको भन्दै एक दिनका लागि जिल्लाका सबै शैक्षिक संस्था बन्द गरेको छ। स्वास्थ्य क्षेत्र जस्तो अति संवेदनशिल क्षेत्रमा प्रहरी प्रवेश गरि भौतिक संरचना तोडफोड गर्दै डा. केसीलाई अपहरण शैलीमा उठाई लिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको नेविसंघले जनाएको छ।

कानुनको ठाडो उलंघन गर्दै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक र विद्यार्थी माथि भएको ज्यादतीपूर्ण व्यवहार, दुव्र्यवहार, कायरतापूर्ण गतिविधीको विरोधमा एक दिनका लागि शैक्षिक संस्था वन्द गर्ने निर्णय भएको नेविसंघ जिल्ला कार्य समिती जुम्लाले जनाएको छ। यसैबीच कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका चिकित्सक र विद्यार्थीले अस्पतालमा राज्य पक्षबाट भएको क्षतिपूर्तिको माग गर्दै आन्दोलनको तयारी थालेका छन्।

डा. गोविन्द केसीलाई जवरजस्ती उठाउनको लागि प्रहरीले हस्तक्षेप गर्दा ४० जना भन्दा बढी विद्यार्थी घाइते भएका छन्। यसेबीच नेपाली कांग्रेस जुम्लाले डा. गोविन्द केसीसँग वार्ता र संवादका माध्यमबाट समस्या समाधान गर्नुको सट्टा धरकपड र ज्यादतीपूर्ण क्रियाकलाप गरेर लोकतन्त्रको उपहास गरेको जनाएको छ। एक प्रेश विज्ञप्ती निकाल्दै प्रतिष्ठानमा राज्य पक्षबाट भएको क्षतिपूर्तिको स्वय् राज्य जिम्मेवार हुनु पर्ने र नरसंहारको छानविन गरि दोषिलाई कार्वाही गर्नु पर्ने माग गरेको छ।

प्रकाशित: ४ श्रावण २०७५ ०५:२५ शुक्रबार

सरकारी ज्यादती विरुद्ध जुम्लाका शैक्षिक संस्था