शिक्षा

लूनिभाःद्वारा शैक्षिक सामग्री हस्तान्तरण

लूनिभाः बाल सरोकार समूहले विद्यालय स्तरका बालबालिकालाई शैक्षिक सामग्री हस्तान्तरण गरेको छ। लूनिभाःका कार्यक्रम व्यवस्थापक सन्तराम डंगोलको अध्यक्षता र वाग्मती प्रदेशसभा सदस्य प्रेमभक्त महर्जनको प्रमुख आतिथ्यमा शनिबार सयजना बालबालिकालाई शैक्षिक सामग्री (विद्यालय पोसाक, झोला, अभ्यास पुस्तिकालगायत सामग्री) वितरण गरिएको हो।

संस्थाका कार्यकारी निर्देशक नरेन्द्र डंगोलले प्रदान गरिएको सामग्री सही सदुपयोग गरी शिक्षा क्षेत्रमा अगाडि बढ्नका लागि विद्यार्थीलाई उत्प्रेरित गरेका थिए। बालअधिकार र शिक्षाको क्षेत्रमा काम गर्ने लक्ष्यका साथ सन् २००५ देखि शैक्षिक सहायता कार्यक्रम सञ्चालन गर्दै आएको सो संस्थाले ललितपुर र काठमाडौंका गरी ४ सय ५० भन्दा धेरै बालबालिकालाई शैक्षिक सहायता प्रदान गरिसकेको छ।

लूनिभाः बाल सरोकार समूहले विद्यालय स्तरका बालबालिकालाई शैक्षिक सामग्री हस्तान्तरण गरेको छ।

‘संस्थाले बालबालिकाको शैक्षिक स्तरलाई उकास्ने उद्देश्यले असहाय, आर्थिक रूपमा विपन्न तथा आश्रयविहीन बालबालिकाका लागि शैक्षिक सहायता कार्यक्रम सञ्चालन गरेको हो,’ कार्यकारी निर्देशक डंगोलले भने, ‘संस्थाले विशेष अधिकारभन्दा बाहिर रहेका र राज्यले दिएको मापदण्डको आधारमा शैक्षिक छात्रवृत्तिसमेत प्रदान गर्ने गरेको छ।’

संस्थाले बालबालिकाको शैक्षिक विषयमा केन्द्रित जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नेे, बालबालिकाको घर भ्रमण गरी उनीहरूको वर्तमान अवस्था र समस्या पत्ता लगाउने, जोखिमभित्र रहेका बालबालिकालाई आवश्यक परामर्श दिने, वार्षिक भेला कार्यक्रम गरी अभिभावकसँग अन्तत्र्रिmया गर्ने जस्ता कार्यक्रमहरू गर्दै आइरहेको छ।

त्यसैगरी शिक्षकलाई तालिम दिने र शैक्षिक स्तर उत्थानका लागि विभिन्न बालक्लबहरूलाई सहजीकरण गर्नेजस्ता कार्यक्रम पनि गर्दै आइरहेको संस्थाले जनाएको छ।  

प्रकाशित: ७ जेष्ठ २०८० ०२:१७ आइतबार

शैक्षिक सामग्री हस्तान्तरण लूनिभाः बाल सरोकार समूह