सम्पादकीय

कांग्रेसमा युवा अग्रसरता

आगामी फागुन ७ देखि १० गतेसम्म काठमाडौँमा हुनेगरी तय गरिएको नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा नेतृत्वका लागि पहिलो र दोस्रो पुस्ताका नेताहरूले एकपछि अर्काे उम्मेदवारी घोषणा गरे पनि त्यसपछिको युवा पुस्ताको कुनै चहलपहल देखिएको छैन। वर्तमान सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेलले आफूलाई सभापतिको उम्मेदवारका रूपमा दाबी गरेका छन् नै, दोस्रो पुस्ताका गोपालमान श्रेष्ठ, विमलेन्द्र निधी, प्रकाशमान सिंह, रामशरण महत, अर्जुननरसिंह केसी, सशांक कोइराला, शेखर कोइरालासम्मले आफ्नो दावी प्रस्तुत गरिसकेका छन्। विगतमा सभापतिका लागि प्रतिस्पर्धा गरेका यही पुस्ताका नेता कृष्ण सिटौला अहिलेसम्म खुलिसकेका छैनन् भने अर्का नेता पूर्णबहादुर खड्का पनि मौन छन्। यसरी सभापतिको आकांक्षी एकपछि अर्काे थपिँदै गएकाले विगतमा भन्दा यसपटक काग्रेस महाधिवेशन नेतृत्व चयनका हिसावले अर्थपूर्ण हुने भएको छ।

त्यसो त साउनसम्म संस्थापन समूहबाट देउवा मात्र सभापतिको एकल उम्मेदवार थिए भने अहिले निधी र श्रेष्ठले पनि आफ्नो दावी प्रस्तुत गरिसकेका छन्। यता संस्थापनइतरबाट भने संसदीय निर्वाचनलगत्तैदेखि शेखरले आफनो तयारी गरिरहेका थिए। पौडेल त्यसै पनि मैदानमा थिए भने महामन्त्रीमा रहेका सशांकको दावी हुनु स्वाभाविक हो। त्यसमाथि प्रकाशमान, रामशरण र अर्जुननरसिंह केसी जस्ता नेताले पनि नेतृत्वका लागि इच्छा देखाउनु नाजायज होइन। त्यसैले पनि कांग्रेसमा यसपटक पहिलो र दोस्रो पुस्ताका नेताहरूको व्यवस्थापन कठिन देखिएको छ। यो अवस्थामा सबै नेता प्रतिस्पर्धामा जाँदा नेतृत्वको पुस्तान्तरण हुने संभावना पनि उत्तिकै छ।  

यसरी पहिलो र दोस्रो पुस्ताका नेताहरूले एकपछि अर्काे उम्मेदवारीमा दावी गर्दा पनि तेस्रो पुस्ता भनिएका नेताहरूका साथै अन्य युवा नेताहरू भने महाधिवेशन त्यसमा पनि विशेषगरी नेतृत्व चयनका सवालमा मौन देखिएका छन्। बालकृष्ण खाँड, ज्ञानेन्द्रबहादुर कार्की, महेश आचार्य, एनपी साउद, चन्द्र भण्डारी, नवीन्द्रराज जोशी, बलबहादुर केसी, धनराज गुरुङलगायतका नेता पदाधिकारी हुन सकिन्छ कि भन्ने आसमा छन्। तर, उनीहरूले न यो कुरा कुनै नेतासँग भन्न नै सकेका छन्, न सार्वजनिकरूपमा घोषणा गर्ने आँट नै गरेका छन्। यो पुस्ताले आस गरे पनि आँट गरिसकेको छैन। बरु, नेता मिनेन्द्र रिजालले भने सभापतिपछिको उम्मेदवारी आफ्नो रहेको दाबी गरेर महामन्त्री पदको उम्मेदवार बन्ने संकेत गरेका छन्। 

युवा पुस्ताले सशक्त हस्तक्षेप गरी आफूलाई नेतृत्वका लागि अघि सार्नुको विकल्प छैन। र, त्यो कार्य युवा पुस्ताका नेताहरूबीचको आपसी सहकार्य र समझदारीबाट मात्रै संभव छ। त्यसैले युवा पुस्ता गुटको फेर समातेर नेताको सहयोगी मात्रै बन्ने होइन, एकताबद्ध भएर पार्टीलाई रूपान्तरण गर्नुको विकल्प छैन। 

नेविसंघको राजनीतिबाट उदाएका पछिल्लो पुस्ताका गगन थापा, विश्वप्रकाश शर्मा, कल्याण गुरुङ, प्रदीप पौडेल, गुरु घिमिरेलगायतका नेताले पनि आफ्नो भूमिका के हुने भन्ने प्रष्टयाइसकेका छैनन्। अघिल्लो महाधिवेशनमा नै महामन्त्रीको प्रतिस्पर्धामा उत्रिएका गगनको यसपटकको दाबी पनि त्यसभन्दा तल पक्कै हुने छैन। युवा पुस्ताका अन्य नेता पनि पदाधिकारीसम्म बन्ने दाउमा छन्। जति धेरै उम्मेदवार बनाउन सकियो, त्यति नै आफ्नो व्यवस्थापन सहज हुनेमा उनीहरू ढुक्क छन्। त्यसैले पनि उनीहरू अहिले सभापति आकांक्षीको संख्या बढ्दै गएकामा चूप छन् र आफूलाई कुनै पक्षमा उभ्याएका छैनन्। यसो हुनुपछि उनीहरू अहिले नै कुनै पनि पक्षलाई चिढ्याइहाल्न चाहँदैनन् बरु अन्तिम समयमा कुन पक्षमा सहज व्यवस्थापन हुन्छ, त्यतै लाग्ने तयारीमा छन्। यो पुस्ताले आफूभन्दा अघिल्लो पुस्तालाई जसरी ‘नेतृत्वका लागि विद्रोह गर्न सकेन, पार्टी रूपान्तरण गर्न सकेनन्’ भनी आरोप लगाउँछन्, उनीहरूको अवस्था पनि त्यसभन्दा भिन्न छैन। उनीहरूले पनि बाहिर चर्चा गरेझैँं संगठनमा कुनै तरंग ल्याउन सकेका छैनन्। निर्वाचनपछि संगठन निर्माणका साथै त्यसलाई सक्रिय गराउन यो पुस्ता जसरी सक्रिय भएर लाग्नुपथ्र्याे, त्यस हिसावले भूमिका निर्वाह गर्न नसकेको पक्कै हो। त्यति मात्र होइन, यो पुस्ता आफैँमा एकताबद्ध छैन, बरु कुनै न कुनै नेताको निकट रहेर गुटकै आधारमा आफ्नो व्यवस्थापन गर्न चाहन्छ।  

त्यसो त अहिले नेतृत्वको दाबी गर्ने पहिलो पुस्ताका नेताहरूको दाबी नेता÷कार्यकर्तालाई आकर्षित गर्नेखालको छैन। कांग्रेसलाई पुरानै अवस्थामा पु¥याएर मात्र विश्राम लिने देउवाको दाबी होस् वा  

पार्टीमा योग्यता, क्षमता र योगदानको कदर गर्ने परम्परा बसाल्ने पौडेलको दाबीले मात्रै अबको परिस्थितिअनुसारको चुनौती सामना गर्न सकिँदैन। त्यसपछिका नेताहरूले पनि नेतृत्वका लागि आ–आफ्नै दाबी गरिरहेका छन्। देउवा र पौडेलपछि आफू नै वरिष्ठ नेता भएको श्रेष्ठको दाबी छ भने  

निधीले नयाँ संविधानको रक्षा र कम्युनिस्टहरूसँग प्रतिस्पर्धा गर्न आफ्नो नेतृत्व भनी दाबी गरेका छन्। सशांकले गौरव गर्न लायक कांग्रेस निर्माण गर्ने दाबी गरेका छन् भने शेखरले पार्टीमा नयाँ र पुरानो पुस्तालाई समेटेर जुझारु कांग्रेस बनाउने दाबी गरेका छन्। जसले जस्तोसुकै दाबी गरे पनि अबको नेतृत्व आगामी परिस्थितिको संभावित चुनौती र जटिलताको समाधान एवं व्यवस्थापन गर्न सक्ने हैसियतको हुनुपर्छ। अहिले कांग्रेसलाई ‘यो पार्टीले प्रतिपक्षको भूमिका पनि निर्वाह गर्न सकेन’ भन्ने आरोप लाग्दै आएको छ। यो अवस्थामा आमसर्वसाधारणको समस्या बुझ्ने र त्यसैअनुसार समाधान गर्न सक्ने, मुलुक रूपान्तरणको दृष्टिकोण भएको नेतृत्व नै अबको आवश्यकता हो जुन यसअघि पटक–पटक परीक्षण भइसकेको नेतृत्वबाट संभव छैन। त्यसका लागि युवा पुस्ताले सशक्त हस्तक्षेप गरी आफूलाई नेतृत्वका लागि अघि सार्नुको विकल्प छैन। र, त्यो कार्य युवा पुस्ताका नेताहरूबीचको आपसी सहकार्य र समझदारीबाट मात्रै संभव छ। त्यसैले युवा पुस्ता गुटको फेर समातेर नेताको सहयोगी मात्रै बन्ने होइन, एकताबद्ध भएर पार्टीलाई रूपान्तरण गर्नुको विकल्प छैन। 

प्रकाशित: ६ कार्तिक २०७७ ०५:२२ बिहीबार

Download Nagarik App
Download Nagarik App