अर्थ

सिबिआईएलको प्रमुखमा सबिर बादे श्रेष्ठ

सिबिआईएल क्यापिटलको प्रमुख कार्यकारी अधिकृतमा सबिर बादे श्रेष्ठ नियुक्त भएका छन्।  

यस अगाडि श्रेष्ठ एनआईबिएल क्यापिटल मार्केटमा उच्च व्यवस्थापन स्तरमा तथा नबिल इन्भेष्टमेन्ट बैंकिङ र मेघा क्यापिटल मार्केटमा प्रमुख कार्यकारी अधिकृतमा कार्यरत थिए।  

श्रेष्ठले काठमाडौं विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर हासिल गरेको र स्वदेश तथा विदेशमा गरी १७ वर्ष वित्तीय तथा मर्चेन्ट बैंकिङ क्षेत्रमा कार्य गरेको अनुभव सँगालेका छन्।

प्रकाशित: १८ कार्तिक २०७९ ०२:३८ शुक्रबार

सिबिआईएल क्यापिटल