अर्थ

पचास एमपी क्यामेरा भएको सामसङको मिडरेन्ज एजिरोफोर लन्च हुँदै

नयाँ र रोमाञ्चक सम्झनाहरु बनाउन सुरु गर्नका लागि सामसङले नयाँ पुस्ताका प्रयोगकर्ताहरुका लागि सुलभ मूल्यमा उत्कृष्ट स्मार्टफोन ल्याएको छ।

फ्ल्यागशिप फोनदेखि इन्ट्री लेभलका उत्पादनसम्मका सबै फोनहरुमा सधैं आफ्ना ग्रहकहरुको लागि केही नयाँ आर्कषक फिचर्स लिएर आउने गरेको सामसङले एजिरोफोर (A04) स्मार्टफोन सार्वजनिक गर्न लागेको हो।

यो वर्ष सामङले आफ्नो मिड रेन्ज र फ्ल्यागशिप फोनहरु सार्वजनिक गरेसँगै अब चाँडै नै नेपाली बजारमा नयाँ ग्यालेक्सी एजिरोफोर ल्याउने तयारी गरिरहेको कम्पनीले जानकारी दिएको छ। यो नयाँ सामसङ ग्यालेक्सी A04 चाँढै नै नेपाली बजारमा प्रवेश हुने कम्पनीको भनाइ छ।

यसको मुख्य आकर्षण यसको ५० एमपी क्यामरा रहेको छ, जसले यसलाई नयाँ युवा पुस्ताका लागि एक उत्तम फोनको रुममा प्रस्तुत गर्नेछ। युवा प्रयोगकर्ताहरुलाई यसले आफ्ना बहुमूल्य र उत्कृष्ट पलहरु हाइ क्वालिटीमा क्याप्चर गर्न दिनेछ। यसको अर्को विषेशता भनेको यसको मूल्य दायरा रहनेछ।

सामसङले हरेक मूल्य दायरामा केही उत्कृष्ट उत्पादनहरु ल्याउँदै आएको छ र यस नयाँ ग्यालेक्सी एजिरोफोर स्मार्टफोन पनि सामसङ लाइनअपको एक उत्कृष्ट फोनको रुपमा चिनिने छ भन्ने अपेक्षा राखिएको छ।

प्रकाशित: १७ कार्तिक २०७९ ०७:५२ बिहीबार

पचास एमपी क्यामेरा भएको सामसङको मिडरेन्ज एजिरोफोर लन्च हुँदै