अर्थ

हिमालय एअरलाइन्सले गौतमबुद्ध विमानस्थलबाट उडान भर्दै

हिमालय एअरलाइन्स्ले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान सञ्चालन गर्ने तयारी गरेको छ। यस एअरलाइन्सलाई त्रिभुवन विमानस्थलमा सेल्फ ग्राउन्ड ह्याण्डलिङ तथा गौतमबुद्ध विमानस्थलमा कमर्सियल ग्राउन्ड ह्याडलिङ अनुमति समेत दिने आश्वासन नेपाल नागरिक उडड्यन प्राधिकरणले दिएको कम्पनीले जनाएको छ।  

एअरलाइन्सका अनुसार गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आफ्नो पहिलो अन्तर्राष्ट्रिय गन्तव्यको रूपमा क्वालालम्पुरमा नियमित चार्टर उडान गर्नेछ। यस्तै एयसलाइन्सले प्राधिकरणबाट ओभरफ्लाईङ इजाजतपत्र प्राप्त भए पश्चात् ३ नोभेम्बरदेखि मलेसियाको समेत उडान सञ्चालन गर्ने जनाएको छ।

प्रकाशित: १७ कार्तिक २०७९ ०३:०१ बिहीबार

हिमालय एअरलाइन्स