अर्थ

अस्तव्यस्तरूपमा रहेका तार ४५ दिन भित्र नमिलाए प्राधिकरणले तार काटिदिने

क्याप्शन

नेपाल विद्युत प्राधिरकणले पोलमा अस्तव्यस्त रुपमा रहेका दरसंञ्चा तारहरुको व्यवस्थापन गर्न ४५ दिनको समयसीमा दिएको छ। मंगलबार एक सार्वजनिक सूचना जारी गर्दै प्राधिकरणले आफ्नो पोल प्रयोग गरी अव्यवस्थित रुपमा तानिएका तार र झुन्ड्याइएका उपकरण व्यवस्थापन गर्न भनेको हो।

पोलमा जथाभाविरुपमा तानिएका र झुन्ड्याइएका तारले शहर कुरुप बनाएको, आगलागी लगायतका विद्युतीय दुर्घटना बढेको, विद्युत सेवा प्रवाहमा पनि असर गरेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। आगलागी नियन्त्रण गर्न र विद्युत सेवा भरपर्दो बनाउन भन्दै दूरसञ्चार तथा टेलिभिजन सेवा प्रदायकहरुलाई प्राधिकरणले मापदण्डअनुसार नै तार व्यवस्थापन गर्न भनेको छ।

प्रकाशित: १५ कार्तिक २०७९ ०९:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App