अर्थ

हिमालय सहकारीको साधारणसभा सम्पन्न

हिमालय सहकारी संस्था लि. को २६ औं वार्षिक साधारणसभा अध्यक्ष दयानाथ शर्माको सभापतित्वमा सम्पन्न भएको छ। शनिवार सम्पन्न साधारणसभामा आ.व. २०७८/७९ मा समग्र कारोबारबाट २ करोड ४० लाख ४५ हजार रूपैयाँ नाफा गरेको प्रतिवेदन प्रस्तुत गरिएको छ।

उल्लिखत नाफामध्ये शेयर लाभांश बापत १०.५० प्रतिशत वितरण गर्न साधारणसभाबाट स्वीकृति लिइएको पनि संस्थाले जनाएको छ।

साधारणसभाले वित्तीय विवरण पारित गर्दै आगामी वर्षदेखि प्रविधिमैत्री सेवा प्रदान गर्ने उद्देश्य लिएको हुँदा एटिएम, क्युआरकोड र मोबाइल व्याङ्किङ लगायतका अन्य डिजिटल प्रविधिमा आधारित कारोबार उपलब्ध गराउन संस्थाको विनियमावलीमा संशोधन गरी थप गर्ने व्यवस्था समेत पारित गरेको जनाइएको छ।

साधारणसभामा २०७८ सालको एसइइ परीक्षामा सबैभन्दा बढी अंक प्राप्त गर्ने सदस्यको २ जना छोरारछोरीहरूलाई छात्रवृत्ति; ७५ वर्ष उमेर पुगेका २० जना जेष्ठ सदस्यहरूलाई, उत्कृष्ट निक्षेप कारोबार गर्ने र उत्कृष्ट कर्जा कारोबार गर्ने २/२ जना सदस्यहरूलाई नगद तथा प्रमाणपत्र प्रदान गरिएको थियो। सञ्चालक समितिमा रिक्त २ पदमा विनीता शर्मा र अनिल बास्स्कोटा निर्विरोध निर्वाचित भएका छन्। 

प्रकाशित: ३० आश्विन २०७९ ०४:०४ आइतबार

हिमालय सहकारी संस्था लि.