नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेको जनाएको छ।
बुधबार छापावाल सुनको मूल्य तोलामा ९१ हजार ६ सय र तेजाबी सुनको मूल्य तोलामा ९१ हजार १ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।
मंगलबार छापावाल सुनको मूल्य तोलामा ९१ हजार ४०० र तेजाबी सुनको मूल्य तोलामा ९० हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।
यसैगरी, चाँदीको मूल्य भने घटेको छ। महासंघले बुधबार चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेर ११ सय ४५ रुपैयाँ कायम भएको जनाएको छ। मंगलबार चाँदीको मूल्य प्रतितोला ११ सय ५० रुपैयाँ थियो।
प्रकाशित: १२ आश्विन २०७९ ०७:२४ बुधबार