अर्थ

बजाजको 'बजाज आधा को आधा' योजना सर्वजनिक

बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता हंसराज हुलास चन्द एण्ड कम्पनीले दशैंतिहार र छठजस्ता चाडपर्वहरुलाई लक्षित गरी आफ्ना ग्राहकहरुका लागि 'बजाज आधाको आधा' नामक ग्राहक योजना ल्याएको छ।  

जस अन्तर्गत ग्राहकहरुलाई आफुले किन्न लागेको बाईकको मूल्यको आधाको आधा अर्थात २५ प्रतिशत मात्र डाउनपेमेण्ट गरी बाईक लैजान सक्ने सुविधा दिईएको छ। यो योजना अन्तर्गत हरेक बाईकको खरिदमा  ७,००० नगद छुटको ब्यवस्था पनि गरिएको कम्पनीले बताएकाे छ।

प्रकाशित: २० भाद्र २०७९ १४:१० सोमबार

बजाज मोटरसाइकल