अर्थ

अब कोकाकोला 'जेरो सुगर ग्लास' बोटलमा

कोकाकोला नेपालले कोकाकोला जेरो सुगर आरजिबी (रिटर्नेबल ग्लास बोटल) बोतलमा बजारमा ल्याएको छ। 

जेरो सुगर र क्यालोरी बिना ओरिजिनल कोकाकोलाको स्वादको रिफ्रेस्मेन्ट चाहने उपभोक्तालाई लक्षित गरेर यो नयाँँ प्याक बजारमा ल्याइएको कम्पनीले जनाएको छ।  

कम्पनीका अनुसार पुनः प्रयोग गर्न मिल्ने भएकाले यी आरजिबी बोटलहरू वातावरणमैत्री छन् । यसको ग्लास प्याकेजिङले कोकाकोलालाई लामो समयसम्म रेफ्रेस बनाइ राख्छ । कोकाकोला जेरो सुगर आरजिबी बोतल काठमाडौंका विभिन्न किराना पसल र खाजा घरहरूमा ४० रुपैयाँमा २५० मिलिको ग्लास बोतलमा उपलब्ध रहेको कम्पनी जनाएको छ।  

कोकाकोलाका डाइरेक्टर आदर्श अवस्थीले भने, 'हामी हाम्रा उपभोक्ताहरूका लागि हरेक परिस्थितिहरूमा उपयोग गर्न मिल्ने किसिमको विविधता प्रदान गर्न तत्पर छौँ, चाहे त्यो स्वादमा होस् वा प्याकेजिङमा । 'यसै सन्दर्भमा कोका–कोला जेरो सुगर आरजिबी प्याकमा पनि यहाँँहरू माझ ल्याउन पाउँदा अत्यन्तै उत्साहित छौं । जिरो क्यालोरीमा कोकाकोलाकै ओरिजिनल रिफ्रेसमेन्ट चाहने उपभोक्ताहरूका लागि यो रोजाइमा छ।’ उनले भने। 

कोकाकोलाले यसै वर्ष नेपालमा नयाँँ र अझ मिठो स्वादमा ओरिजिनल कोकाकोलाको जस्तै रिफ्रेसमेन्ट प्रदान गर्ने कोकाकोला जेरो सुगर लन्च गरेको थियो । स्थानीय उपभोक्ताहरूसँग आफ्नो सम्बन्ध अझै नजिक बनाउने आफ्नो प्रतिबद्धताअनुसार कोकाकोलाले निरन्तर रुपमा उनीहरूको  जीवन–शैली र आवश्यकता अनुरुपको विभिन्न स्वाद र प्याकेजिङमा आफ्ना उत्पादन हरू बजारमा ल्याउँदै आइरहेको छ।  

कोकाकोला जेरो सुगरको नयाँँ आरजिबी प्याक २५० मिलिमा उपलब्ध छ । साथै यसको पेट प्याक २५० मिलि र ५ सय मिलिमा उपलब्ध रहेको  कम्पनीले जनाएको छ ।

प्रकाशित: १६ भाद्र २०७९ १३:४६ बिहीबार

कोकाकोला नेपाल