अर्थ

देउवाको उपस्थितिमा दुई ठूला जलविद्युत आयोजनाको जिम्मा भारतलाई दिँदै

नेपालका दुई ठूला जलविद्युत आयोजनाको निर्माण कार्यको जिम्मा भारतलाई दिने भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा लगानी बोर्डका सीईओ सुशील भट्टको संयोजकत्वमा अध्ययन समिति बनेको र त्यही समितिको प्रतिवेदनअनुसार आज साँझ उक्त सम्झौतामा हस्ताक्षर हुने भएको छ। मन्त्रिपरिषदबाट स्वीकृति लिएर बोर्डले सम्झौता गर्न लागेको हो।

समझदारीपत्रमा भट्ट र एनएचपीसीका अध्यक्ष तथा कार्यकारी निर्देशक अभयकुमार सिंहले हस्ताक्षर गर्दैछन्। एनएचपीसी लिमिटेड भारतीय ऊर्जा मन्त्रालयको स्वामित्वमा रहेको जलविद्युत बोर्ड हो।  

चिनियाँ कम्पनीसँगको सम्झौता तोडेपछि इन्डिकेटिभ जडित क्षमता ७५० मेगावाटको पश्चिम सेती जलविद्युत परियोजना र इन्डिकेटिभ जडित क्षमता ४५० मेगावाटको सेती नदी- ६ जलविद्युत परियोजना निर्माणको जिम्मा भारतको कम्पनी एनएचपीसीलाई दिने लगानी बोर्डको ५१ औं बैठकले निर्णय गरेको थियो।

प्रकाशित: २ भाद्र २०७९ ०८:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App