अर्थ

सुनको मूल्य २ सय रुपैयाँले घट्यो

फाइल तस्बिर

नेपाली बजारमा सुनको मूल्य घटेको छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य २ सय रुपैयाँले घटेको हो।  

योसँगै आज छापावाल सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार २०० रुपैयाँ रहेको थियो।  

तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ५०० रुपैयाँ तोकिएको छ। मंगलबार तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ७०० रुपैयाँ थियो।  

आज चाँदीको मूल्य भने बढेको छ। चाँदी प्रतितोला ५ रुपैयाँले बढेर ११ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ।  

प्रकाशित: ११ श्रावण २०७९ ०५:४८ बुधबार

सुनचाँदी व्यवसायी महासंघ