अर्थ

आज नेप्से परिसूचक १६.२७ अंकले वृद्धि

नेप्से परिसूचक पछिल्लो एक सातादेखि निरन्तर रुपमा वृद्धि भएको छ। मंगलबार नेप्से परिसूचक १६.२७ अंक बढेर २०४५.६९ विन्दुमा पुगेको छ। त्यस्तै, सेन्सेटिभ इण्डेक्स २.७७ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.३५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.५७ अंक बढेको छ।

मंगलबार कारोबारमा आएका २१३ कम्पनीको ५७ लाख १३ हजार २४८ कित्ता शेयर २ अर्ब २९ करोड ९३ लाख १६ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ। नेप्सेसँगै मंगलबार कारोबार रकम पनि बढेको छ। सोमबार शेयर १ अर्ब ३१ करोड ९६ लाख २९ हजार ९६० रुपैयाँ बराबरको नेप्सेका १३ वटै उपसमूहको परिसूचक बढेका छन्।

जसमध्ये वित्त उपसमूहको परिसूचक २.७० प्रतिशत बढेको छ। विकास बैंक, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन, लघुवित्त र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। नेप्सेसँगै मंगलबार इमर्जिङ्ग नेपालको शेयरमूल्य सबैभन्दा बढी ८.०१ प्रतिशत बढेको छ।

त्यस्तै, गणपति लघुवित्तको शेयरमूल्य करिब ७ प्रतिशत बढेको छ। तर यता, सिभिल बैंकको ऋणपत्रको मूल्य ७.७५ प्रतिशत घटेको छ। मंगलबार शिवम सिमेन्ट १५ करोड ९७ लाख ७१ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

प्रकाशित: ३ श्रावण २०७९ ११:१० मंगलबार

नेप्से परिसूचक