अर्थ

अजोड इन्स्योरेन्सको चौथो वार्षिकोत्सव सम्पन्न

अजोड ईन्स्योरेन्सले आफ्नो चौथो वार्षिकोत्सवको अवसरमा रक्तदान जीवनदान भन्ने मूल नाराका साथ नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा रक्तदान कार्यक्रम आयोजना गरेको छ।

रक्तदान कार्यक्रममा ३३ जना दाताले रक्तदान गरेको ईन्स्योरेन्स कम्पनीले जनाएको छ। साथै कम्पनीले सोही अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौं जिल्ला टोखा नगरपालिका ९, गोंगबुस्थित हिमालयन वृद्घाश्रममा आश्रित ४३ जना वृद्धवृद्धाहरूको लागि खाद्यान्न सहयोग समेत गरेको थियो।

टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी र संस्थाका प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्रीले संयुक्त रूपमा वृद्धाश्रमकी अध्यक्ष श्रीमती सरला पन्थीलाई खाद्यान्न हस्तान्तरण गरेका थिए।

मिति २०७५/०३/२१ देखि आफ्नो व्यावसायिक कारोबार सुरु गरी हालसम्म कम्पनीले बीमा व्यवसाय अभिवृद्धिका लागि देशभर आफ्नो शाखा सञ्जाल विस्तार गरी प्रधान कार्यालय लगायत ७ वटा प्रादेशिक कार्यालय, २९ वटा शाखा, २५ वटा उपशाखा कार्यालयहरू, ११ बिमा काउण्टर र ३ वटा तेस्रो पक्ष बिमा काउण्टरहरूवाट सेवा प्रदान गर्दै आइरहेको जनाएको छ।

प्रकाशित: २३ असार २०७९ ०२:५१ बिहीबार

अजोड ईन्स्योरेन्स रक्तदान जीवनदान