अर्थ

शाहको सम्झनामा फोटो प्रदर्शनी

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव शरदचन्द्र शाहको सम्झनामा फोटो प्रदर्शनी आयोजना गरिएको छ। स्वर्गीय शाहले नेपाली खेलकुदको विकास र विस्तारमा पुर्‍याएको योगदानको मूल्याङकन गर्दै शरदचन्द्र शाह मेमोरियल फाउन्डेसनले उक्त फोटो प्रदर्शनी आयोजना गरेको हो।

शरदचन्द्र शाह मेमोरियल फाउन्डेसनको आयोजना र नेपाल स्र्पोटस फर अल कमिसनको सहकार्यमा ‘नेपाल खेलकुदमा नयाँ युगको प्रारम्भ’ नामक फोटो प्रदर्शनी शुरु भएको हो। ओलम्पिक डे २०२२ को अवसरमा असार ९ गते बिहीबार उद्घाटन भएको यो प्रदर्शनी ५ दिनसम्म चल्ने आयोजकले जनाएका छन्।

खास गरी युवा पुस्तालाई खेलकुदतिर आकर्षित गर्दै उनीहरूलाई यसको महत्त्व झल्काउन सहयोग पुर्‍याउनु प्रदर्शनीको मुख्य उद्देश्य रहेको छ। प्रदर्शनी एक वर्षभित्र देशका सातै प्रदेशमा आयोजना गरिने जानकारी आयोजकले दिएका छन्।

शाह २०३४ सालदेखि एकदशकसम्म राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिव तथा नेपाल ओलम्पिक कमिटिको अध्यक्ष र ओलम्पिक काउन्सिल अफ एसियाको उपाध्यक्ष समेत भएका थिए। उनकै नेृत्वमा राष्ट्रिय खेलकुद प्रतियोगिता तथा दक्षिण एसियाली खेलकुद सुरु गरिएको थियो। 

प्रकाशित: १२ असार २०७९ ०१:३९ आइतबार

राष्ट्रिय खेलकुद परिषद् पूर्व सदस्य सचिव शरदचन्द्र शाह