अर्थ

चार सय घट्यो सुनको मूल्य

आज सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेर ९७ हजार ३ सय रुपैयाँमा झरेको छ। छापावाला सुन अघिल्लो दिन प्रतितोला ९७ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ८ सय रुपैयाँ छ। यसको मूल्य अघिल्लो दिन प्रतितोला ९७ हजार २ सय रुपैयाँ थियो।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० रुपैयाँले घटेर एक हजार २ सय ५५ रुपैयाँ तोकिएको महासंघले जनाएको छ। 

प्रकाशित: ८ असार २०७९ ०७:५१ बुधबार

नेपाल सुनचाँदी व्यवसायी महासंघ