अर्थ

बर्जर पेन्ट्सको फेसन सो सम्पन्न

बर्जर पेन्ट्सले हिडन ट्रेजरसँगको सहकार्यमा मिस बर्जर, मिस ग्ल्यामर फेसन सो सम्पन्न गरेको छ।

कार्यक्रममा मिस नेपालका २४ जना सुन्दरी प्रतियोगी डिजाइनर मुक्तिका श्रेष्ठ, मनीष राई र कासाद्वारा डिजाइन गरिएका बर्जर सिल्क इलुजनका मेटालिका र नन–मेटालिका डिजाइनमा प्रस्तुत भएका थिए। रचना गुरुङद्वारा कोरियोग्राफी गरिएको फेसन सोमा २४ जना प्रतियोगीलाई ८/८ जना गरी तीन समूहमा विभाजन गरिएको थियो।

पहिलो चरणमा मुकुको मोर्डन इथेनिक वेयर डिजाइनका लुगा, दोस्रो चरणमा कासाबाट डिजाइन गरिएका फर्मल डिजाइन र तेस्रो चरणमा मनीष राईको ग्लिटजिइभनिङ पार्टी वेयर डिजाइनमा प्रतियोगी प्रस्तुत भएका थिए। कार्यक्रमको सोस्टपर मिस नेपाल वल्र्ड २०१९ अनुष्का श्रेष्ठ रहेकी थिइन्।

प्रकाशित: १ असार २०७९ ०४:४६ बुधबार

बर्जर पेन्ट्स फेसन सो सम्पन्न